काठमाडाैं महानगरपालिका प्रमुख शाक्य र स्थानीयबीच अन्तरक्रिया

काठमाडाैं, ५ भदाै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) १५ वडा कमिटीको आयोजनामा युनिट (३)को भेला तथा स्थानीय विकास निर्माण, मेलम्ची खानेपानी, मेयर उज्यालो कार्यक्रम र कोभिड–१९ खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनभएका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयहरूका जिज्ञासाकाे सम्बाेधन गर्नुभएकाे छ ।

नेकपा एमाले १५ वडा कमिटी धावा रुम्बाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय जनताले सडक, पानी, बत्ती र खोपसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जिज्ञासाको उत्तर दिनेक्रममा प्रमुख शाक्यले स्थानीय तहमा केन्द्र र वडास्तरबाट गरी दुई किसिमले काम हुने बताउनुभयो । ‘१५ वडालाई वडास्तरबाट काम गर्नकाे लागि ५ करोडको बजेट बिनियोजन गरेका छौं । यसको ५० प्रतिशत बजेट शुरुमै निकासा हुन्छ । र त्यसको १० प्रतिशत रकम मेयर उज्यालोमा खर्च गर्न सकिने प्रावधान रहेको छ’, सडक बत्तीको समस्याको जवाफ दिंदै प्रमुख शाक्यले बताउनुभयो, ‘१५ वडाको सडकको लागि जति भने पनि बजेट छ, वडामा सम्पर्क राख्नुहोला ।’

स्थानीयको सडककाे जिज्ञासाकाे उत्तर दिंदै उहाँले भन्नुभयो, ‘जति पनि यहाँ सडकको बारेमा कुरा आयो ती सबै सडकको टेण्डर प्रकियामा गइसकेको र चाँडै नै सडकमा कालोपत्र हुने विश्वास दिलाउनुभयो ।

पूर्वाधार विकासको काम हुँदाखेरी स्थानीयले नै निरीक्षण गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, ‘टेण्डरका काम प्रक्रिया भन्दा उपभोक्ता मोडलमा काम भयो भने अपनत्व हुने हुँदा आफ्नो वरपरका पूर्वाधार विकास, सम्पदा संरक्षणमा सकेसम्म उपाभोक्ता मोडलमा जानुहोला ।’

खानेपानीको समस्याको समाधानको लागि पानी नआउने स्थानहरुमा कामपाको ट्यांकरबाट पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

अहिले पार्टीमा देखा परेको समस्या मुख्य कारण संसदीय दलको नेता र पार्टी सभापति हो र आफु सदैव पार्टी अध्यक्षले नै प्रधानमन्त्री पद पाउनु पर्नेमा अधिक रहने बताउनुभयो ।

‘बहुदलीय प्रणालीमा पार्टीले सरकार चलाउने हो । सरकारले पार्टी होइन । पार्टीको सभापतिले नै प्रधानमन्त्री पद पाउनु पर्छ’, प्रमुख शाक्यले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तब्य राख्नेक्रममा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जननिर्वाचित प्रतिनिधीलाई जनताको माझमा समस्याको समाधान गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रम अतिनै सह्रानीय काम भएको औंल्याउनुभयो ।

मन्तब्यकै क्रममा नेकपा (एमाले) १५ वडा का इञ्र्चाज पूर्णकाजी ज्यापुले चःमतिमा धेरै वर्षसम्म घरबाट बाहिर आउँदा जुत्ता फुकालेर आउनु पर्ने र बिजयश्वरी पुगेपछि खोलाको पानीले खुट्टा धोइ पखाली जुत्ता लगाउने पर्ने बाध्यता मेयर विद्यासुन्दर शाक्यले अन्त्य गरिदिनुभएको स्मरण गर्दै उहाँलाई धन्यवाद दिनुभयो । र महानगरपालिकासँग बजेटको कमी नभएकोले स्थानीयलाई महानगरपालिकाको बजेट सही कार्यान्वयन गर्नको लागि आफ्नोतर्फबाट पहलकदम चाल्नुलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *