व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन मेयर शाक्यको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन अपिल गर्नुभएको छ ।

विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भन्नुभयो, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ । जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भन्नुभयो, ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु ।’

‘कोभिडको त्रास अझै समाप्त भै सकेको छैन । त्यसैले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी भैदिनु होला । अरुले टाढै बसेर व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउनु होला । इन्द्रजात्रा हामीले व्यवस्थित गर्न सकेको अवस्थामा अन्य जात्रा पनि बनाउन थप सहज हुन्छ ।’, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *