आफ्नै पाेष्टमा गाेल हान्ने विश्वासघातीहरूबाट सचेत रहनुपर्छ : प्रमुख शाक्य

काठमाडाैं । काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विपक्षकाे लागि आफ्नै पाेष्टमा आत्मघाती गाेल हान्ने साथीहरूबाट सचेत रहनु पर्ने बताउनु भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर १५ वडा कमिटीकाे बृहत कार्यकर्ता भेलालाई सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

‘संघ, प्रदेश र स्थानीयमा अहिले पनि नेकपा एमाले संख्याका आधारमा ठूलाे पार्टी नै हाे । पाँच दल मिलेर एकदलसँग प्रतिस्पर्धा गरिरहेका छन् ।’ प्रमुख शाक्यले भन्नुभयाे, ‘जनप्रतिनीधि जहिले पनि जनतासँग उत्तरदायी हुनुपर्छ ।’

आफ्नाे अमूल्य मत दिएर जिताएका केही जनप्रतिनीधीहरू जनताप्रति उत्तरदायी नभएकाे भन्नुहुँदै प्रमुख शाक्यले १५ वडाका मतदाताहरुलाइ प्रश्न गर्नुभयाे, ‘तपाइँ हामीले कति मिहेनत गरेर निर्वाचित गराएका जनप्रतिनीधिहरू जनता प्याराे घर नेकपा एमाले छाेड्नकाे लागि जनतासँग एकपटक साेधेर जानुभयाे त ? आफ्नाे मतदाताहरूकाे मतलाइ बेचेर, जिताउने जनताकाे विश्वासमा तुषाराेपात गरी अर्कै पार्टीमा जानकाे लागी मतदाताहरूसँग एकबचन साेधेर जानुभयाे त ?’

सामाजिक सञ्जालमा आएका भ्रामक समाचारकाे पछि नलागिकन तथ्य र सत्य कुरा पार्टीकाे आधिकारीक निकायबाट जानकारी लिन अनुराेध गर्नुहुँदै विकास बजेट १५ वडामा मागअनुसार बजेट बिनियाेजन गरेकाे उहाँले बताउनुभयाे ।

‘१५ वडामा मागअनुसार बजेट बिनियाेजन गरेकाे छु, अब कार्यान्वयन तपाइँहरूबाट हुनुपर्छ । ’, प्रमुख शाक्यले भन्नुभयाे, ‘जनता माझ जाँदा शीर उच्च राख्ने काम गरेका छाैं । शीर निहुराउनु पर्ने काम गर्दा पनि गर्दिन र गर्न पनि दिन्न । ’

भेलालाइ सम्बाेधन गर्नेक्रममा, पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईले नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर १५ वडा कमिटी अरु महानगर कमिटी भन्दा सक्रिय र क्रीयाशील रहेको बताउनुभयो ।

कार्यकर्ताको उपस्थिति र पार्टी प्रतिको माया देखेर आफू खुशी रहेको पनि बताउँदै जिल्ला अध्यक्ष राइले अब नयाँ सदस्य बनाउँदा युवाहरुलाइ प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

साथै, उहाँले नेकपा एमालेको सुर्य चिन्हको मत लिएर जित्नुभएका जनप्रतिनिधिहरू आफ्नै सरकार धाल्न रुखमा भोट हालेर राजीनामा नदिइ मुल पार्टी छोडेर जानेहरूलाई नैतिकता बारेमा पनि प्रश्न गर्न नेकपा एमाले कार्यकर्ताहरुलाइ अनुरोध पनि गर्नुभएको छ ।

नेकपा एमालेका कार्यकर्ताहरुको बृहतरूपमा उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले पनि बृहत युवाहरुको उपस्थिति गराएको थियो ।

नेकपा एमाले काठमाडौं जिल्लाका अध्यक्ष कृष्ण राईकाे प्रमुख आतिथ्य रहेकाे उक्त वृहत भेलामा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यकाे विशेष आतिथ्य रहेकाे थियाे ।

उक्त कार्यक्रममा अतिथिको रूपमा नेकपा एमाले काठमाडौं जिल्लाका सचिव एवं बागमति प्रदेश सांसद माननिय दिपक निरौला, काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउला, जिल्ला सम्वनय समितिका प्रमुख शिव सुन्दर वैधलगायत वक्ताहरूले आफ्नाे मन्तव्य राख्नुभएकाे थियाे ।

नेकपा एमाले काठमाडाैं महानगरपालिका १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बाको सभापतित्व भएकाे उक्त भेलामा अतिथिकाे रुपमा नेफोनका अध्यक्ष परितोष पौडेल, कामपा १५ वडाका सदस्य निमा घ्याम्छो, आनन्द राम गौतम, क्षेत्र नं ८का सचिव उदय पसखल, क्षेत्र नं ८का सदस्य शंकर केसी, काठमाडौँ महानगर सचिवालय सदस्य विजय पसखल, पुर्णकाजी ज्यापू, नबिना तिवारी, काठमाडौँ महानगर कमिटी सदस्य लक्ष्मण शाही, अनन्त हुमागाइ उपस्थिति रहेकाे थियाे ।

साथै, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय स्थाइ कमिटीका सदस्य शिव कुमार महर्जन, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य दिलिप थिङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य सुरेन्द्र थापा, निसार उद्दिन, उपत्यका युथफोर्स कमान्डर उद्दव खड्गी, काठमाडौँ महानगर कमिटी उद्योग तथा बाणिज्य विभागका सदस्य सानू रत्न फुबरे, अनेमा संघका जिल्ला सचिवालय सदस्य बिमला थापा, राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीका अध्यक्ष एवं उपत्यका युथफोर्स कमान्डर किसन डंगोल, राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीका सचिव एवं उपत्यका युथफोर्स कमान्डर संजय शाहीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *