सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । त्यस्तै प्राइम बैंकले आफना शेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।