काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरु

काठमाडौँ महानगरको मत गणना सुरू भएको छ । मतगणनाका लागि काठमाडाैं महानगरपालिकाकाे वडा नं. १ र ३२ काे मतमेटिका खाेलिएकाे छ । सर्वप्रथम हितिगा: र नक्साल भगवती बुथ ‘क’ काे मतपेटिका खाेलिएकाे छ । उक्त दुई मतपेटिका एकै ठाउँमा राखेर गणना भइरहेकाे छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब ९ बजेदेखि मतगणना सुरु भएको हो ।
वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।
गए राती १२ बजेपछि बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरू भएकाे हाे ।
दलका १-१ प्रतिनिधि र स्वतन्त्रकाे हकमा बढीमा ५ जना प्रतिनिधि राखेर मतगणना सुरु भएकाे निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
मत गणना वडा १ बाट माथि र ३२ बाट तल हुने गरी थालनी भएको छ । एक पटकमा ५ वटा वडाबाट गणना थालिनेछ ।आयोगले दलबाट एक जना र स्वतन्त्रबाट प्रतिनिधिमुलक प्रतिनिधित्व गराउन भनेको छ । यसैअनुसार व्यवस्था मिलाइनेछ ।
सभा गृहमा हिजो मतदान सकिएपछि साढे ५ बजेबाट मतपेटिका ल्याउन थालिएको थियो । ६ वटा काउन्टर राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब साढे ११ बजेसम्ममा सबै पेटिका बुझेको थियो । त्यसपछिको आधा घण्टामा सर्वदलीय बैठक बसेको थियो ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।