६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

राष्ट्रिय

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

राजनीति, राष्ट्रिय, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । फाइल तस्बिर पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे । ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले साङ्केतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उनले भ...
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

राजनीति, राष्ट्रिय, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए । ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु । जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् ।’, प्रधानमन्त्रीले दाहालले भने, ‘अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरू...
भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

राजनीति, राष्ट्रिय, समाचार
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ । ‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बा...
प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण : प्रविधिउन्मुख नवीन परम्पराको थापनी गर्ने

प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण : प्रविधिउन्मुख नवीन परम्पराको थापनी गर्ने

राष्ट्रिय, समाचार
नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सङ्गठनका असल अभ्यासलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवद्र्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । गृहमन्त्रालयबाट दज्र्यानी चिह्न प्राप्त गरी प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहणपछि आज आयोजित विशेष समारोहमा महानिरीक्षक सिंहले प्रहरी कर्मचारीलाई निर्देशन दिँदै सङ्गठनको श्रीवृद्धिमा लाग्न आग्रह गर्नुभयो । आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवं सुरक्षित तवर...
आचार्य बेलायतको राजदूत नियुक्त

आचार्य बेलायतको राजदूत नियुक्त

राष्ट्रिय, समाचार
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले आज उहाँलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण

अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण

राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ...
राष्ट्रियसभा निर्वाचन : आचार संहिता लागू

राष्ट्रियसभा निर्वाचन : आचार संहिता लागू

राष्ट्रिय, समाचार
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ । माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरूलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लङ्घन भएमा कानुनी कारबाही हुने बताएको छ । आचारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन । आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी सङ्घसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम न...
अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

राष्ट्रिय, समाचार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ लिइरहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ ।” चिकित्सकको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले उहाँका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ । यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो । चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा...
राष्ट्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका

राष्ट्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका

राष्ट्रिय, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गर्नुभयो । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिनुभयो । त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गर्नुभएको थियो । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण...
नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल

नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल

राजनीति, राष्ट्रिय, समाचार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्र स्थापन भएपछिको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिनुभयो । नेपाल सम्बत ११४२ का अवसरमा गोदावरी नगरपालिका–१४ द्वारा आज आयोजित शुभकामना आदानप्रदान तथा ¥यालीलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “प्रचण्ड नेतृत्वको पहिलो सरकारको क्याबिनेटबाट नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरेको थियो, त्यतिखेर म सामान्य प्रशासन मन्त्री थिए ।” यस्ता अधिकार प्रतिगमनकारीले खोस्न सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिँदै उहाँले प्रतिगमनको विपक्षमा अग्रग...