७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

आर्थिक

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

आर्थिक, समाचार
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ ।   काठमाडौंको भृकुटीमण्डपमा माघ २४ देखि २९ सम्म कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा प्रदर्शनी हुने भएको हो ।  महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने उनले बताए । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ ।  प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ ।  प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिज...
तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

आर्थिक, राजनीति, समाचार
फाइल तस्बिर तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा एमाले सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ । शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन् । उनीरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गर...
गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

आर्थिक, प्रकृति, प्रकृति जानकारी, समाचार
सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ । प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने ...
डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

आर्थिक, समाचार
डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि व्यवसायीले मूल्य बृद्धि फिर्ता लिएका हुन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएका थिए तर व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताउँदै आएका थिए । कृषि तथा पशुपन्छी मन्त्रालयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी व्यवसायीबीच छलफल भएकोमा मूल्य समायोजनका लागि तत्काल अध्ययन गरिने र अहिले भएको मूल्यवृद्धि फिर्ता गर्ने सम्झौता भएको हो । आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ तर केही उद्योगले गत शनिबारदेखि लागू हुने गरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढा...
पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा चितवन महोत्सव हुने

पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा चितवन महोत्सव हुने

आर्थिक, समाचार
चितवन नारायणगढको नारायणी नदी किनारमा १४ औँ संस्करणका रूपमा यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवन महोत्सव हुने भएकाे छ । महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष नुनारायण श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि र बसोबासका लागि चितवन भन्ने मान्यतालाई आत्मसात् गर्दै महोत्सव आयोजना गर्न लागिएको बताए । सङ्घले मंगलबार पत्रकार सम्मेलको आयोजना गरी हरेक दुई/दुई वर्षमा हुँदै आएको महोत्सवकाे १४ औँ संस्करणका रूपमा गर्न लागिएको जानकारी दिए । ‘उद्यम गर्न चाहनेलाई आवश्यक सहजीकरण गरी उद्यमी बनाइने छ ’, श्रेष्ठले भने, ‘विसं २०५३ देखि आयोजना हुँदै आएको यस महोत्सवले कोभिड–१९ पछि सिर्जित परिस्थितिमा यहाँको पर्यटनलाई केन्द्रविन्दुमा राखेर प्रचारप्रसार गर्नेछ । महोत्सवमा चितवनको विविधताको प्रतिनिधित्व गर्ने कृत्रिम पार्क निर्माण गरिनेछ।’ चितवन महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्...
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

आर्थिक, समाचार, समाज
डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् । कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ । यार्सागुम्...
न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ

न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ

आर्थिक, समाचार
पसल शुभारम्भको अवसरमा छुटको सुविधा काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो । फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गर्नुभयो । आज विहान विधिवत् पूजाआजा पछि रिवन काटेर पसलको समुद्घान गरिएको थियो । यस गहना पसलबाट केही समय अगाडी नै सेवा शुरु भइसकेको भएपनि औपचारिक उद्घाटन भने बाँकि थियो । आज नयाँ वर्षको शुभ दिन पारेर पसलको औपचारिक उद्घाटन गरिएको हो । शुद्धता हाम्रा प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने दावी गरिएको छ । ‘हाम्रो सेवामा शुद्...
न्युराेडकाे प्राइम लाेकेसन महर्जन कम्प्लेक्समा न्यूरोड फुड कोर्ट

न्युराेडकाे प्राइम लाेकेसन महर्जन कम्प्लेक्समा न्यूरोड फुड कोर्ट

आर्थिक, समाचार
न्युराेड फुड काेर्टले आफ्नाे आउटलेट सञ्चालनमा ल्याएकाे छ । न्युराेडकाे महर्जन कम्प्लेक्सकाे पूर्व दक्षिण माेहडामा एनएफसी न्युराेड फुड काेर्ट नामक विशेष स्वाद भएकाे काजु, खुवा, लस्सी, पाउँबाट आउटलेट शुभारम्भ भएकाे छ। काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडककाे महर्जन कम्प्लेक्स न्यूरोडमा बिल्कुलै नयाँ स्वादको लस्सी, ताताे खुवा र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा अफ्रिकी मुलुक गिनीको काँचो काजुलाइ एन एफ सी फुटकोर्ड नेपाली प्रविधिबार प्रोशोधन गरि उपभोक्ता माझ ल्याएको छ । फुड कोर्टका प्रोप्राइटर कुन्जन आचार्यले मेट्राे खबरसँगकाे कुराकानीमा गिनिबात ल्याइएका काँचो काजुलाई नौ तहको प्रशोधन प्रक्रिया पुरा गरिसकेपछि मात्र उपभाेक्ता समक्ष पुराउँने बताउनुभयाे। ‘हामी गिनीबाट काँचो काजु ल्याएर यहाँ प्रशोधन गर्छौं । काठमाडौंमात्र होइन, नेपालभरी धेरै ठाउँमा किन्न पाइएला त...
निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

आर्थिक, समाचार
पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदबापत आइओसीलाई जनवरी २३ तारिखमा भुक्तानी गर्न रकम अभाव रहेको निगमले जनाएको छ । उक्त मितिमा आइओसीलाई भुक्तानी गर्न रु दुई अर्ब अपुग हुने स्थिति देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले यसअघि पेट्रोलियम पदार्थको बिक्रीबाट भएको घाटा न्यूनीकरण गर्दै आपूर्ति व्यवस्थालाई चुस्त राख्न बचतमा रहेको सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्ट्याई राखिएको रकमबाट आइओसीलाई भुक्तानी गरेको थियो । निगमले कर्मचारी ...
दूधको मूल्य बढाउन सिफारिस, बढ्न लागेको १० मध्ये कृषकलाई सात, उद्योगीलाई तीन रूपियाँ

दूधको मूल्य बढाउन सिफारिस, बढ्न लागेको १० मध्ये कृषकलाई सात, उद्योगीलाई तीन रूपियाँ

आर्थिक, समाचार
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाउन सिफारिस गरिएको हो । बोर्डले सिफारिस गरेको मूल्यमा कृषि मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मात्र नयाँ मूल्य घोषणा हुनेछ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाउन सिफारिस गरिएको हो । हालको उपभोक्ता मूल्य ७६ रुपियाँ प्रति लिटरममा १० रुपियाँ बढाई त्यसको ७० प्रतिश...