६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

पत्रिका

बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटायो

बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटायो

पत्रिका, विदेश, समाचार
बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ। कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो। बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ। यो निर्णय अक्टोवर ११ गते बिहान चार बजेदेखि लागू हुनेछ। बेलायतको रातो सूचीमा अब पानामा, पेरु, इक्वेडोर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन्। रातो सूचिबाट हटेपछि कोभिड खोपको दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन्। रातो सूचिमा रहंदा बेलायती नागरिक वा बेलायतमा बसोवासको अधिकार पाएकालाई मात्र खुला राखिएकोमा अब पर्यटक र अन्य भिजिटर पनि आउन...
इन्द्रसरोवरको जलाशय सतहमा बृद्धि

इन्द्रसरोवरको जलाशय सतहमा बृद्धि

पत्रिका, प्रकृति, प्रकृति जानकारी, समाचार
काठमाडाैं । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ। पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको गोरखापत्र अनलाइनले लेखेको छ। कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिनुभयो। पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतहसमेत बढेर जोखिम बढ्ने उहाँले बताउनुभयो। “जलाशयमा बढी भएको पा...
इन्द्रचोकको मायावी कथा

इन्द्रचोकको मायावी कथा

काठमाडौं संस्कृति, पत्रिका, संस्कृति/सम्पदा
नेपाली प्राचीन इतिहासका अनेक किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । काठमाडौंको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् । भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो । त्यसो त यस सहरलाई ‘कान्तिपुर’ अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’ बाट आएको हो । र, ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकमा धेरैले देखेकै मन्दिर हो– श्री आकाश भैरव, जसलाई स्थानीय नेवाः समुदाय...
नेवारले मात्रै पढ्ने र बोल्ने हो र नेपालभाषा ?

नेवारले मात्रै पढ्ने र बोल्ने हो र नेपालभाषा ?

पत्रिका, विचार
साउनको महिना। हरिया चुरापोते किन्न मानिसहरुको भिड लाग्छ काठमाडौंको इन्द्रचोकमा। आकाश भैरव अघि रहेको 'इन्द्रचोक कश्मिरी बजार' बिहानैदेखि व्यस्त रहन्छ यो बेला सिजनमा। अरु महिनापनि ग्राहकको कमी हुँदैन। सँगै रहेको वटु क्षेत्रमा हुर्किए त्यहाँ व्यापार गर्दै आएका मुसलमान समुदाय। अहिले शहरीकरणसँगै नेवारहरुसँगै त्यहाँका मुसलमान उनीहरु पनि यत्रतत्र छरिए। घर नभएपनि त्यहाँ हुर्केका मुसलमानहरुले इतिहासको जग छाडेनन्। उनीहरुलाई इन्द्रचोकसँग जोडिरह्यो भाषाले। नेपालभाषाले। 'इन्द्रचोक कश्मिरी बजार' मा ख्वाजा असद शाहको चुरापोतेको बजार छ। काठमाडौंमा नै जन्मेका ख्वाजा मामाघर वटुमा हुर्के। रैथाने नेवार समुदायको घना बस्तीमा हुर्केका उनी नेवारी कला संस्कृतिसँग घुलमिल छन्। नेवारहरुकै बीच उठबस। त्यसैले पनि नेपाल भाषामा उनको राम्रै पकड छ। उनी जस्तै त्यहाँ पुस्तैनी पसल भएकाहरु अधिकांश वृद्धवृद्धाहरु नेपालभाष...
आजको मूल्यमा एउटा ‘गोल्ड मेडल’लाई पगाल्यो भने कति मूल्यको हुन्छ ?

आजको मूल्यमा एउटा ‘गोल्ड मेडल’लाई पगाल्यो भने कति मूल्यको हुन्छ ?

पत्रिका
सीएनएन । खेलाडीहरु यतिबेला टोकियो २०२० ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ । बेलायतकी पूर्व खेलाडी केली सोथरटनले २००४ र २००८ को ओलम्पिकमा दुईवटा ब्रोन्ज जितेकी थिइन् । यसबारे सीएनएनसँग कुरा गर्दै उनले आफ्ना ती मेडल मिहिनेत र कठोर परिश्रमको सम्झाना भएको बताइन् । उनी भन्छिन्, “म कुनै पनि कारणले कहिल्यै ती मेडल बेच्न चाहन्न । यी मेरा लागि अत्यन्तै मूल्यवान् छन् ।” उनले आफ्ना मेडलहरु फ्रेममा नभएर सजिलै निकाल्न सकिने ठाउँमा राख्ने गरेको पनि बताइन् । उनी भन्छिन््, “कहिलेकाहिँ ती मेडल यसो झिकेर लगाउँदा मलाई एकदम खुसी अनि राम्रो महसुस हुन्छ ।” ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन्...
खोपका लागि १९ अर्ब ५८ करोड ऋणसहित देउवा सरकारका पाँच निर्णय

खोपका लागि १९ अर्ब ५८ करोड ऋणसहित देउवा सरकारका पाँच निर्णय

पत्रिका, समाचार, स्वास्थ्य/शिक्षा
प्रधानमन्त्री शेरबहादुर देउवा । काठमाडौं, २० साउन । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त १६५ मिलियन डलर अर्थात् करिब १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । एडीबीबाट प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण स्वीकारमंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद बैठकले एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त सो रकम स्वीकृत गर्ने निर्णय गरेको हो । एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने । भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनमंगलबारको मन्त्रिपरिषद बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर...
ओलीकाे बाेलीले टरेकाे सहमति

ओलीकाे बाेलीले टरेकाे सहमति

पत्रिका
काठमाडौं, साउन १५ । पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए । कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें । ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ । स्पष्टीकरण पठाउनुपर्दैन भन्ने खबर आएको छ रे । तर स्पष्टीकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ’, उनले भनेका थिए । त्यही दिन एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरे । त्यसपछि नेपालको मनस्थिति फेरियो । ‘ओलीले एमनेस्टी ...
तामाकोशी पाँचौ जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

तामाकोशी पाँचौ जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

पत्रिका
काठमाडाैं, साउन १२ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ। रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौमा एक्लै लगानी गर्न लागेको हो। लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गर्नुभयो। झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो। माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका...
एक चौथाइ जनसंख्यामा पुग्यो बिमा

एक चौथाइ जनसंख्यामा पुग्यो बिमा

पत्रिका, स्वास्थ्य/शिक्षा
काठमाडाैं, साउन ११ । गत आर्थिक वर्षसम्ममा नेपालको एक चौथाइ जनसंख्याको पहुँचमा बिमा सेवा पुगेको छ। कोभिड महामारीमा पनि बिमा कम्पनीहरूले व्यवसाय विस्तार गरेकाले बिमाको पहुँच सामान्य वृद्धि भएको हो। बिमा समितिका अनुसार आर्थिक वर्ष ०७७-७८ सम्ममा जनसंख्याको २४.७६ प्रतिशतमा जनसंख्यामा बिमाको पहुँच पुगेको कारोबार अनलाइनले लेखेको छ। गत आर्थिक वर्षसम्ममा २२ प्रतिशत हाराहारीमा रहेको बिमाको पहुँच एक वर्षमा करिब तीन प्रतिशत विन्दुले बढेको हो। वैदेशिक रोजगारीमा जाने व्यक्तिले गर्ने म्यादी जीवन बिमा पोलेसीसमेत जोड्दा बिमाको पहुँच २७ प्रतिशत हुने समितिले जानकारी दिएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७-७८ को बजेट वक्तव्यमा बिमा पहुँच ४० प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। समितिको तथ्यांकअनुसार, गत आवमा जीवन बिमा कम्पनीको २७.१२ र निर्जीवन कम्पनीको २२.७४ प्रतिशतले बि...
पालुब ऑगेटारमा कलात्मक पाटी र कुवा निर्माण हुँदै

पालुब ऑगेटारमा कलात्मक पाटी र कुवा निर्माण हुँदै

पत्रिका, समाचार, स्थानीय
काठमाडाैं, ४ साउन २०७८ । कीर्तिपुर नगरपालिका वडा नं. ४ टुसाल, पालुबः, ऑगेटारमा आर्थिक वर्ष २०७७/७८को योजना अन्तरगत विनियोजित बजेटबाट कलात्मक पाटी र कलात्मक कुवा निर्माण कार्य हुँदै छ। बागमती प्रदेश सरकारबाट संसदीय क्षेत्र विकास आयोजना अन्तरगत मा. पुकार महर्जनले सिफारिस गर्नु भएको बजेट रु. ८ लाख ७५ हजार रकमबाट कलात्मक पाटी निर्माण भएको छ । कीर्तिपुर नगरपालिकासँग भएको सम्झौता बमोजिम पाटीको दक्षिणतर्फको भिरालो जमिनलाई पर्खाल लगाई संरक्षण गर्नेरपाटीकोभुइँतलामा कलात्मक ईंटाले गाह्रो लगाउने कार्य यस वर्षको योजना रहेकोमा सम्पन्न भएको नगर सन्देश बुलेटिनमा छापिएकाे छ। उपभोक्ता समितिका सचिव नरेशकुमार महर्जनका अनुसार उक्त निर्माणाधीन पाटीलाई पूर्ण रुपमा सम्पन्न गर्न करीव रु.२५ लाख अझै आवश्यक पर्ने र सो बजेटका लागि माननीय पुकार महर्जनले आ.व. २०७८/७९ को कार्यक्रममा बजेट विनियोजन गर्ने प्र...