७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

विचार

नेवारले मात्रै पढ्ने र बोल्ने हो र नेपालभाषा ?

नेवारले मात्रै पढ्ने र बोल्ने हो र नेपालभाषा ?

पत्रिका, विचार
साउनको महिना। हरिया चुरापोते किन्न मानिसहरुको भिड लाग्छ काठमाडौंको इन्द्रचोकमा। आकाश भैरव अघि रहेको 'इन्द्रचोक कश्मिरी बजार' बिहानैदेखि व्यस्त रहन्छ यो बेला सिजनमा। अरु महिनापनि ग्राहकको कमी हुँदैन। सँगै रहेको वटु क्षेत्रमा हुर्किए त्यहाँ व्यापार गर्दै आएका मुसलमान समुदाय। अहिले शहरीकरणसँगै नेवारहरुसँगै त्यहाँका मुसलमान उनीहरु पनि यत्रतत्र छरिए। घर नभएपनि त्यहाँ हुर्केका मुसलमानहरुले इतिहासको जग छाडेनन्। उनीहरुलाई इन्द्रचोकसँग जोडिरह्यो भाषाले। नेपालभाषाले। 'इन्द्रचोक कश्मिरी बजार' मा ख्वाजा असद शाहको चुरापोतेको बजार छ। काठमाडौंमा नै जन्मेका ख्वाजा मामाघर वटुमा हुर्के। रैथाने नेवार समुदायको घना बस्तीमा हुर्केका उनी नेवारी कला संस्कृतिसँग घुलमिल छन्। नेवारहरुकै बीच उठबस। त्यसैले पनि नेपाल भाषामा उनको राम्रै पकड छ। उनी जस्तै त्यहाँ पुस्तैनी पसल भएकाहरु अधिकांश वृद्धवृद्धाहरु नेपालभाष...
किन उठे नेवार समुदाय ?

किन उठे नेवार समुदाय ?

विचार
काठमाडौंमा कोठा नपाइएको एउटा घटना यति ठूलो प्रकरण बन्ला भनेर कसैले सोचेको थिएन। न कोठा दिनेले, न कोठा लिनेले। तर लिइदियो। किनभने यो घटनाको विषयवस्तु त कोठा हो, तर अन्तरवस्तु कोठा होइन। यो घटनालाई कोठा माग्ने रूपा सुनार र कोठा नदिने सरस्वती प्रधान दुवैले 'कोठा' मा मात्र सीमित गरेर बुझेका छैनन्। यसको बुझाइ कोठाभन्दा व्यापक र विस्तृत छ। त्यसैले यसको समाधान पनि 'कोठा' बाट बाहिरै आएर निकाल्नुपर्ने हुन्छ। तनहुँकी रूपा सुनारले वास्तवमा काठमाडौंमा खोजेको कोठा होइन, अधिकार हो। अर्थात दलितका नाममा गरिने भेदभावबाट मुक्त भई मानिस भएर बाँच्ने अधिकार। यसलाई अहिले उनले नाराका रूपमा पनि प्रयोग गरेकी छन्। उनले कोठै मात्र खोजेको भए उनलाई कोठा उपलब्ध गराउने घरबेटीहरू काठमाडौंमा हजारौं होलान्। तर उनको खोजी कोठा नभएर हक हो। त्यसैले उनलाई अधिकारकर्मी र नागरिक अधिकारकर्मीहरूले पनि साथ दिए। तर अधिक...
बुंगदेवता, मच्छिन्द्रनाथ :  लेखाजाेखामा कथा र इतिहास

बुंगदेवता, मच्छिन्द्रनाथ : लेखाजाेखामा कथा र इतिहास

विचार
इतिहासलाई सत्य मान्य वा कथालाई, याे जिम्मेवारी नयाँपुस्ताको काँधमा छ । बुंग देवताको जात्रा काठमाडाैं उपत्यकाकाे संस्कृति अनुसार नै मनाइन्छ । धार्मिक आस्थाका बुंग देवतालाई रातो मच्छिन्द्रनाथ वा मत्सेन्द्रनाथ पनि भनिएको पाइन्छ ।त्यस्तै बौद्ध अनुयायीहरूले बुंग देवतालाई करुणामय वा पद्मपाणी लोकेश्वर पनि भनिन्छ । यथार्थमा यस देवता के हो भनेर निष्कर्ष निकालेको खण्डामा धेरै विवाद आउन सक्छ । आजकाल मूलधारका संचार माध्यमले यस देवतालाई ‘रातो मच्छिन्द्रनाथ’ भन्न थालेकाे छ । त्यहिकारण धरैजसोले यस देवतालाई रातो मच्छिन्द्रनाथ कै नामले चिनिन्छ ।मच्छिन्द्रनाथ वा मत्सेन्द्रनाथको इतिहास हेर्ने हो भने यो एक सिद्ध योगीको रुपमा पाइन्छ । गोरखनाथका गुरु मत्सेन्द्रनाथ भनिएको तथ्यलाई पनि हामिले नकार्न सकिन्दैन । प्रचलित कथाहरुमा पनि गोरखनाथले कर्कोतक नागराजलाई आसन बनाएको कारणले उपत्यकामा पानी नपरेको भनेर पढ्न वा ...
काठमाडाैं उपत्यकाकाे सभ्यता : बागमती र विष्णुमती

काठमाडाैं उपत्यकाकाे सभ्यता : बागमती र विष्णुमती

काठमाडौं संस्कृति, विचार, संस्कृति/सम्पदा
प्राचीन देशहरु मध्ये नेपाल पनि एक हो । प्राचीनकालमा काठमाडौं उपत्यका एउटा ठूलो दह हो । यसको पुष्टि यहाँको भौगोलिक बनावटबाट पनि स्पष्ट हुन्छ । काठमाडौं उपत्यकाको पानीलाई चोभारको गल्छीबाट निकास प्राप्त भइसकेपछि मात्र यहाँ मानवबस्तीको विकास भएको हो । याे तथ्यलाइ धार्मिक र वैज्ञानिक रूपले पनि पुष्टि भइसकेकाे छ ।५० देखि ४० लाख वर्षअगाडिको प्रतिनुतन युगदेखि काठमाडौं उपत्यकामा भएको पानी सुकेर जान धेरै नै समय लिएको र विभिन्न चरणमा यहाँको पानी बाहिर गएको गोकर्ण, पशुपति गौरीघाट र चोभारको गल्छीले प्रमाणित गर्छ । बागमतीकाे पानी चाेभारस्थित गल्छीबाट काठमाडाैं बाहिर जान्छ । तस्बिर : मनाेजरत्न शाही पौराणिक कथाअनुसार काठमाडौं उपत्यका तलाउ देव र दानवहरुको क्रीडास्थल हो । तलाउ सुकेपछि यहाँको जंगल देवहरुको क्रीडास्थलको रुपमा परिणत भए । पौराणिक कालदेखि विभिन्न देवदेवीहरुको क्रीडास्थल भएको काठमाडौं उपत...
कालजयी गीत राजमतिको कालखण्ड

कालजयी गीत राजमतिको कालखण्ड

विचार
राजमति कुमति जिके वःसा पिरती – नेपालभाषाको अति नै लोकप्रिय गीत हो । यहि लोकगीत नेपाल देशको पहिलो राष्ट्रिय-गान भएको मान्यता छ । तात्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणको बेला राष्ट्रिय सम्मानमा राष्ट्रिय धूनमा यो लोक गीतको धुन बजाउन लगाइएको थियो । त्यसबेला नेपालमा राष्ट्रिय धूनको प्रचलन सुरु भएको थिएन । र त्यस्तो अवस्थामा नेपाल देशको राष्ट्रिय धून भनी त्यो बेलाको लोकप्रिय गीत राजमति कुमतिको धून बजाउन लगाएको इतिहासमा उल्लेख छ । https://youtu.be/UXxTH0ydn0E राजमति कुमति एउटा अति नै लोकप्रिय लोकगीत हो भनेर यसैबाट पुष्टि हुन्छ । सन् १९६३ मा नेपालका गोल्डेन भ्वाइस प्रेमध्वज प्रधानको स्वरमा भारतकाे कोलकत्तामा यो गीत रेकर्ड भयाे । जनकवि दुर्गालाल श्रेष्ठको शब्द र प्रेम ध्वज प्रधानको संगीत संयोजनमा यो गीत त्यो बेलाको नयाँ पुस्ताले रुचाउने हिसाबमा रेकर्ड गरिएको छ । प्रेमध्...
कोभिड–१९ मा मनोस्वास्थ्य

कोभिड–१९ मा मनोस्वास्थ्य

विचार
-प्रा.डा धनरत्न शाक्य  कोभिड–१९को तथ्य बुझौँ कोभिड–१९ अर्थात् कोरोना भाइरसको नयाँ प्रजाति नोवेल कोरोना भाइरसको सङ्क्रमण २०१९ डिसेम्बर ३१ मा चीनको उहान सहरमा देखापरेको छोटो समयमै विश्वका १८९ बढी मुलुकहरू प्रभावित भएको छ । सङ्क्रमित व्यक्तिहरूमध्ये करीब १–३ प्रतिशत रोगीहरूको ज्यान गएको र यसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी भनी घोषणा गरिसकेको छ । धेरै देशहरू आ–आफ्ना वस्तुगत यथार्थताबीच यो चुनौती सामना गर्दै छन् ।आजकल आमसञ्चार, जनबोली, कुराकानीमा सर्वत्र तत्काल र निकट भविष्यमा समाधान नदेखिएको मूल विषयवस्तु कोभिड–१९ हावी भएको स्थिति छ । सामान्य रुघाखोकी, १००.४ प्रतिशत फारेनहाइटको ज्वरो र सास फेर्नमा समस्याजस्ता सामान्यदेखि कडा निमोनिया र मिर्गाैलाको खराबीजस्ता कडा लक्षणसहित शरीरको प्रतिरोध क्षमता कमजोर हुने व्यक्तिहरूको ज्यानसम्म लिनसक्ने यो महामारी अब विश्वव्यापी हिसा...
गॉजा: यथार्थ र भ्रम

गॉजा: यथार्थ र भ्रम

विचार
भीम उपाध्याय आफू विश्वमा सबैभन्दा धेरै गॉजा धेरै निर्यात गरेर कमाउने मुलुक अमेरिका, रसिया, चीन र भारत हुन्। अरूलाई वैध गर्नबाट रोक्ने षडयन्त्र गर्नेहरू पनि यिनै मुलुकहरू हुन्।यस्ता मुलुकको षडयन्त्र बुझेरै उरूग्वेले सन् २०१३ मा गॉजा वैध गरिदियो र अहिले सम्म मजाले कमाएको छ। आजसम्म ७० देशले गॉजा वैध गरिसकेका छन्। तर नेपालको षडयन्त्र फरक छ। नेपालबाट वर्षेनी रू ५० अर्वको गॉजा तस्करीबाट निर्यात हुने अनुमान छ। केही बाठा नेक्ससले तरमारिरहेका छन् अवैध भएर पनि। जनता र सरकारलाई सुको आम्दानी छैन, बरू वर्षेनी गॉजा प्रतिवन्धको ब्यवस्थापन गर्न भनेर गरिबमाथि कर थोपरेर कमाएको सवा एक अर्ब रूपैयॉ जेल ब्यवस्थापन र गॉजा फॉड्नमा खर्च गर्छ। त्यसमाथि वर्षेनी ५०,६० जना गरिबका छोरा प्राकृतिक जहॉतही उम्रने गॉजाको भरिया बनेका युवालाई जेल कोच्छ। नेपालभरिका प्राकृतिक महाअमृत झार गॉजा फॉड्दै जान वर्षेनी रू १५ ...
उपत्यकाभित्र स्मार्ट सिटीको औचित्यमा प्रश्नचिन्ह

उपत्यकाभित्र स्मार्ट सिटीको औचित्यमा प्रश्नचिन्ह

पत्रिका, विचार
नेपाल राष्ट्र मात्र होइन विश्व नै कोरोना महामारीका कारण आक्रान्त रहेको समयमा नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८को निमित्त विनियोजित बजेटमा उपत्यकाभित्र निर्माण गर्न लागिएको चार नयाँ शहरको समेत बजेट विनियोज गरि आमजनतामा आक्रोस उत्पन्न गरिदिएको छ । राष्ट्रको मात्र नभई दाता राष्ट्रहरूकै आर्थिक स्थिति ओरालो लागिरहे को समयमा स्मार्ट सिटि निर्माणको निमित्त विदेशी ऋण समेतले पूर्ति गर्ने योजना जनाई आम जनताको जीवन झनै ऋणात्मक हुने देखिएको छ ।उपत्यकाभित्र स्मार्ट सहरको औचित्यविषय यहाँका मौलिक आदिवासी जनजाति विस्वस्त हुन सकेको छैन । हाल निर्माण गरिने भनिएको चारवटा सिटी निमार्ण हुँदा एक लाख ३० हजार रोपनी जग्गा कंक्रित जङ्गलमा परिणत हुने छ । काठमाडौं उपत्यकाको बस्ती प्राचीन बस्ती हो र यो पहिला देखि नै ब्यवस्थित सहरको रूपमा विश्व विख्यात रहेको छ । यहाँको प्राचीन सहर र मानव वस्तिको विकास समतल भूभागमा ...
आत्महत्या : समाजमा अवहेलना र वेइज्जत, आकांक्षा र लक्ष्य पूरा नहुनु

आत्महत्या : समाजमा अवहेलना र वेइज्जत, आकांक्षा र लक्ष्य पूरा नहुनु

विचार
१० असार, काठमाडाैं । भारतीय कलाकार सुशान्तसिंह राजपुतले मुम्बईको अपार्टमेन्टमा झुण्डिएर देह त्याग गरे । सुसान्तको आत्महत्याले गर्दा बलिउड तरगिंत भइरहेको छ । उनको निधनसँगै बलिउड स्तब्धमा मात्र नभई नातावाद र परिवारवादको बहसमा पनि मुछिएको छ । उनलाई बलिउडले वास्ता नगरेको कारण उनले आत्महत्या गरेको भन्दै सुसान्तका प्रशंसकहरुको भनाई छ ।प्रशंसकहरुले एउटा कलाकारलाई कसरी असफल गर्ने भनेर केही बलिउडका कलाकारहरु र निर्देशक निर्माताहरुले भूमिका खेलेको आरोप लगाउँदै आएका छन् । सुशान्तलाई बलिउड बाहिरको भनी हेला गरिएको र सोही कुरामा उनी डिप्रेशन हुँदै ज्यान फालेको धेरैको अनुमान रहेको छ । भारतमा नातावाद अत्याधिक देख्न सकिन्छ । कपुर खानदान, यशराज फिल्म्स, सलमान खान, करण जोहर र राकेश रोशनलाई नातावादको आरोप लागेको छ । वर्तमान परिस्थितिमा बलिउडलाई परिवारवाद र नातावादको साथै समुहगत तवरले अगाडि...
मेरो प्यारो काठमाडौं

मेरो प्यारो काठमाडौं

Uncategorized, विचार
काठमाण्डौं अति प्राचीन शहर भएतापनि यो शहर बसाउनेहरुले शहर बसाउन चाहिने सबै किसिमका आधुनिक मूल्य र मान्यता अङ्गालेको पाइन्छ । उदाहरण स्वरुप, शहर बसाउन पर्याप्त पानी हुने स्थान अनि जग बलियो हुने चट्टानी भूमि रोजेको पाइन्छ । खेतीका लागि उपयोगी नहुने र खेतीकार्य गर्न संभव नहुने त्यस्तो ठाउँ रोजेरे उनीहरुले बुद्धिमत्तापूर्वक आफ्ना विवेक प्रयोग गरेको पाइन्छ । खेती योग्य हुने मलिलो माटो भएको ठाउँलाई खेतीकार्यका लागि नै छुट्याइएको पाइन्छ । खेतीबाट हुने उत्पादन घट्ने गरी मानिसको बस्ती कहिले पनि बसाइएको थिएन ।यसरी हेर्दा काठमाडौं शहरभित्र भू-उपयोग सिद्धान्तको प्रयोग पूर्णरुपमा भएको पाइन्छ । मानव बस्ती अलि हल्का अग्लो ठाउँमा बनाइएको पाइन्छ जहाँ पानीका लागि ढुंगेधारा र ढल निकासको राम्रो व्यवस्था हुन्थ्यो भने बस्तीलाई वाढी पहिरोबाट जोगाउन र पानीको उचित संग्रह गर्न ठाउँठाउँमा पोखरीहरु बनाइएको पाइन्छ...