७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

उपत्यका

टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

उपत्यका, समाचार, स्थानीय, स्वास्थ्य/शिक्षा
काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ । छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्...
दुईवटा ए‌ेतिहासिक सम्पदा फल्चा पुनर्निर्माण सम्पन्न

दुईवटा ए‌ेतिहासिक सम्पदा फल्चा पुनर्निर्माण सम्पन्न

उपत्यका, समाचार, स्थानीय
कीर्तिपुर । कीर्तिपुर नगरपालिकाकाे प्रमुख नीतिअनुरूप ए‌ेतिहासिक सम्पदाहरूकाे पुनर्निर्माण तीव्र रूपमा भइरहेका छन् । आफ्नो क्षेत्र भित्रका सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने योजनाअनुसार नै कीर्तिपुर नगरपालिकाले फल्चा निर्माण धमाधम भइरहेकाे छ । प्रमुख रमेश महर्जनले सिमित संख्यामा उपस्थित स्थानीय र अतिथिहरुको बीचमा गत असोज ४ गते सोमबार (यँयाः पुन्हि) का दिन दुईवटा फल्चा उद्घाटन गर्नुभयाे। कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित चीथुटोलको सन स्टार क्लबले आफ्नो टोलमा रहेको क्लब भवनसँगैको फल्चाको पुनर्निर्माण सम्पन्न भएको उपलक्ष्यमा समयबजि राखी फल्चा उद्घाटन गरेको हो । फल्चामा राखिएको शिलापत्र अनावरण गरी नगर प्रमुख महर्जनले सो फल्चा उद्घाटन गर्नुभएको थियो । त्यसैगरी क्लबले यही पुन्हिका दिनदेखि भैरवको मुखबाट हाथु हायेकेगु (एक प्रकारको जाँड भैरवको मुखबाट झार्ने र प्रसादको रुपमा ग्र...
काठमाडौंमा विहिवारदेखि राती ८ बजेपछि सवारी साधन चलाउन नपाउने

काठमाडौंमा विहिवारदेखि राती ८ बजेपछि सवारी साधन चलाउन नपाउने

उपत्यका
संजाेग मानन्धरकाे ट्विटरबाट काठाडाैं, २६ साउन । काठमाडौँ उपत्यकामा तालिम, सेमिनार, बैठक तथा गोष्ठी भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी भदाै ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  थप गरिएकाे निषेधाज्ञामा २८ गते विहिवारदेखि राती ८ बजेपछि सावरी साधान चलाउन नपाईने भएको छ । स्वास्थ्य मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको निष्कर्षसहित उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित मंगलबारको बैठकले अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको छ ।  निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ । पछिल्लो समय राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै हुन थालेको देखिएपछि सो निर्णय गरिएको हो ।  जारी आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल,...
गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ

गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ

अपराध, उपत्यका
गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ काठमाडौं, २१ साउन । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी व...
पशुपति क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण

पशुपति क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण

उपत्यका, समाचार
काठमाडौं, २० साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा, स्वच्छ र हराभरा राख्न साहना प्रधान स्मृति प्रतिष्ठान र कालीदल गणले पशुपति क्षेत्र विकास कोषलाई १०० वटा डष्टविन हस्तान्तरण गरेको छ ।  कोषको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएकी सांसद रामकुमारी झाँक्री र गणका प्रमुख सेनानी जीतेन्द्र बानियाँ क्षत्रीले कोष सञ्चालक परिषद्का सदस्यद्वय आशा पाण्डे र उद्धव बडाल एवं कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई डष्टविन हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सांसद झाँक्रीले कोभिडका कारण आफन्त एवं साथीभाइ गुमाएर पशुपति क्षेत्रमा फूल चढाउन आउँदा मास्क फाल्ने स्थानसमेत नभेटेपछि कोषलाई डष्टविन सहयोग गर्ने सोच आएको बताउनुभयो । कोरोना सङ्क्रमण उच्च भएर दिनमा १०० वटासम्म शव व्यवस्थापन नेपाली सेनाले गर्नुपरेकाले यसअघि ट्रलीसमेत दिइसकेको उहाँले सुनाउनुभ...
उपत्यकामा २७ गतेसम्म निषेधाज्ञा थप (आदेशसहित)

उपत्यकामा २७ गतेसम्म निषेधाज्ञा थप (आदेशसहित)

उपत्यका, समाचार
काठमाडौं, १९ साउन २०७८ । काठमाडौँ उपत्यकामा तालिम, सेमिनार, बैठक तथा गोष्ठी भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  स्वास्थ्य मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको निष्कर्षसहित उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आजको बैठकले त्यस्तो आदेश दिएको हो ।  यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएकोमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भिडभाडजन्य गतिविधि रोक्न भर्चुअल कार्यक्रम मात्रै गर्न भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।  आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल...
१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप; बिहिबारसम्म लगाइने

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप; बिहिबारसम्म लगाइने

उपत्यका, महानगर, स्वास्थ्य/शिक्षा
मेट्राेन्यूज / काठमाडाैं, साउन ६ । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ ।  सोमवारदेखि विभिन्न खाेप केन्द्रहरूबाट अमेरिकी अनुदानमा प्राप्त एक मात्रा मात्र लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप लगाउन सुरु गरिएको हाे। खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा.तारानाथ पोखरेलले जानकारी दिनुभयो ।  काठमाडौँ जिल्लामा ४४ वटा खोप केन्द्रबाट खोप लगाइएको छ । खोप बिहीबारसम्म लगाइने डा. पोखरलेले बताउनुभयाे। उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने समेत जानकारी दिनुभयाे । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको ...
मेलम्चीको पानी काठमाडाैं उपत्यकामा तत्काल नआउने

मेलम्चीको पानी काठमाडाैं उपत्यकामा तत्काल नआउने

उपत्यका, समाचार
काठमाडौ, २५ असार २०७८।  काठमाडौँ उपत्यकामा पुनः मेलम्चीको पानी तत्कार नआउने देखिएको छ । सुरुङको निर्माण सम्पन्न भएर केही महिना पहिलेबाट मात्रै काठमाडौँ उपत्यकामा पानी ल्याउन थालिएको थियो । बाढीकाे प्रकाेपले गर्दा सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माण स्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ । ...
हट्यो जोरबिजोर प्रणाली, असार ३१ सम्म थप निषेधाज्ञा

हट्यो जोरबिजोर प्रणाली, असार ३१ सम्म थप निषेधाज्ञा

उपत्यका, जीवनशैली, समाचार
काठमाडौं, २० असार २०७८ ।  कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौं उपत्यकामा असार ३१ गते सम्मको लागि निषेधाज्ञा थप गरिएकाे छ । जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ। असार ३१ गते सम्मको लागि थप गरिएकाे निषेधाज्ञा अवधिमा माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेकाे छ । अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलाउन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात भने जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र सञ्चालन गर्न पाउने छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई ...
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान

उपत्यका, महानगर, समाचार, स्थानीय
काठमाडाैं, १५ असार २०७८ । काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । सो अवसरमा काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा रु ११ करोड ५० लाख उपलब्ध गराएको र करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । ‘पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भइसकेको छ, अब छिट्टै उद्घााटनको चरणमा पुग्नेछौं,’ शाक्यले बताउनुभयो । ‘समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणलाई निरन्तरता दिदैँ आएका छौँ ।’ काठ अभावका कारण काममा स...