७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

स्वास्थ्य/शिक्षा

टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

उपत्यका, समाचार, स्थानीय, स्वास्थ्य/शिक्षा
काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ । छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्...
कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

महानगर, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो । कामपाले चालु आवमा नमूना विद्यालयको लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ । तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानका...
रूघाखाेकीकाे मौसममा ५ राेग प्रतिराेधात्मक शक्ति बढाउने तरिका

रूघाखाेकीकाे मौसममा ५ राेग प्रतिराेधात्मक शक्ति बढाउने तरिका

समाचार, स्वास्थ्य/शिक्षा
रोग प्रतिरोधात्मक क्षमता हाम्रो शरीरकाे अंगरक्षक हो। यसले निरन्तर शरीरलाई आन्तरिक र बाह्य आक्रमणबाट जोगाउँछ। राेग प्रतिराेधात्मक (प्रतिरक्षा) प्रणालीको काम धेरैजसाे देखिन्दैन तर, यसले प्रतिरक्षा प्रणाली सक्रिय गराएर ब्याक्टेरिया, परजीवी र भाइरसहरू जस्ता रोगजनकहरूबाट हुने संक्रमण, विषाक्त पदार्थ र सूजनहरू विरुद्ध लड्दै भित्रभित्रै चुपचाप काम गरिरहेकाे हुन्छ। रुघाखोकी जस्ता रोगहरूबाट बच्नकाे लागि हाम्रो प्रतिरक्षा प्रणाली बलियो भएकाे सुनिश्चित हुनुपर्छ । खराब पोषण, वातावरणीय प्रभाव र हामीले छानेकाे गलत जीवनशैलीका कारण रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर हुने गर्छ । संसारमा COVID-19 भाइरस जस्ता नयाँ संक्रमणहरू लगातार बढिरहेको छ। यसबाट बच्नकाे लागि बलियो प्रतिरक्षा प्रणाली हुनु जरूरी छ। प्रतिरक्षा प्रणाली बलियाे भनेको बलियो रक्षात्मक पर्खाल निर्माण गर्नु जस्तै हो। हामीलाई प्रतिरक्...
अधिकांश अस्पताल आइतबार पनि खुल्ने

अधिकांश अस्पताल आइतबार पनि खुल्ने

समाचार, स्वास्थ्य/शिक्षा
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ । उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यन्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ । सरकारले यही जेठ १ गतेदेखि शनिबा...
नेपालभाषा अध्यापनको लागि आरआर क्याम्पसलाई महानगरको १५ लाख सहयोग

नेपालभाषा अध्यापनको लागि आरआर क्याम्पसलाई महानगरको १५ लाख सहयोग

महानगर, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।  गएको कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । संविधानले मौलिक अधिकारका रुपमा राखेको स्वास्थ्य र शिक्षाका क्षेत्...
सूर्यविनायक र स्तुपा सामुदायिक अस्पतालाई काठमाडौं महानगरबाट भेन्टिलेटर प्रदान

सूर्यविनायक र स्तुपा सामुदायिक अस्पतालाई काठमाडौं महानगरबाट भेन्टिलेटर प्रदान

महानगर, स्वास्थ्य/शिक्षा
काठमाडौं महानगरपालिकाले सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई १ थान र स्तुपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तुपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो । स्तुपा समुदायिक काठमाडौं महानगरपालिका वडा ६ स्थित सञ्चालमा छ ।  सम्झाैतामा अस्पतालकाे क्षमता बृद्धि गरी बिरामीहरूकाे सहज र सुलभ उपचारार्थ विभिन्न राेगहरूकाे कारण गम्भिर विरामीहरूकाे उपचारमा अति आवश्यक भेन्टिलेटर निःशुक्ल उपलब्ध गराएकाे र काठमाडाैं महानगरपालिकाकाे सहयाेग भन्ने व्यहाेरा उल्लेख हुने पर्ने जनाइएकाे छ । शाक्यले स...
शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान

शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान

महानगर, समाचार, स्वास्थ्य/शिक्षा
भाैतिक क्षतिकाे पूर्ति गर्न सकिएला, तर मानवीय क्षतिकाे पूर्ति गर्न सकिँदैन । यहि मुल मन्त्रलाइ आत्मसाथ गरी काठमाडाैं महानगरपालिकाले पहिलाे कर्तव्य नागरिककाे ज्यान जाेगाउनु नै हाे भनेर त्रि.वि. शिक्षण अस्पताललाइ अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेकाे छ । चेक हस्तान्तरणपछि काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयाे, ‘कोविड रोकथाम तथा नियन्त्रणका लागि सरकारी र सामुदायिक अस्पताललाई भेन्टिलेटर प्रदान ग¥यौ । आइसोलेसन र कोविड अस्पताल चलायौँ । त्यसैगरी विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्ने सरकारी र सामुदायिक अस्पतालाई सहयोग ग¥यौँ । हामीले काम गर्दा महानगरबासीसँगै सबै देशबासीको स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ ।’ काेभिडकाे महामारीकाे अवस्थामा पनि ४५ वटा भेन्टिलेटर वितरण गरेकाेमा १० वटा शिक्षण अस्पतालाइ प्रदान गरेकाे बताउनुहुँदै मेयर शाक्यले शिक्षण अस्पतालकाे ला...
ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

समाचार, स्वास्थ्य/शिक्षा
भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन ग¥यौँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।” उहाँले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिनुभयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण...
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो । सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ । “महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपर...
पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

महानगर, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । प्रमुख शाक्यले भन्नुभयो, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ । हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौँ ।” प्रमुख शाक्यले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गर्नुभएको छ । पहिलो र दोस्रो चरणको कोरोना...