६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

राजनीति

नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि

नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि

राजनीति, समाचार
नेपाली काँग्रेसले चितवन जिल्ला सम्मेलन भदौ २३ र २४ मा भरतपुरमा गर्ने योजना बनाएको छ। सम्मेलनमा नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, काँग्रेस महामन्त्री गगन थापा, विश्व प्रकाश लगायत नेताहरूसँग सम्बोधन गर्ने योजना छ। जिल्ला कार्यसमितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले सम्मेलनको तयारी पुरा भएको बताए। सम्मेलनलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको छ । प्रतिमा अनावरणका लागि विपी शान्तिनगर वनमा जाने योजना छ। सम्मेलनमा नेपाली काँग्रेसका भावी नीति, कार्यक्रम, सञ्चालन सम्बन्धी प्रतिवेदन, साङ्गठनिक गतिविधि सम्बन्धी प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ। जिल्ला सभापति खनालले पार्टीलाई बदलिँदो परिवेशको चुनौती सामना गर्नका लागि विभिन्न सामाजिक, सांगठनिक, र रचनात्मक कार्यक्रम प्रस्तावित गरेका छन्। साथै, पार...
सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

राजनीति, राष्ट्रिय, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । फाइल तस्बिर पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे । ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले साङ्केतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उनले भ...
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

राजनीति, राष्ट्रिय, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए । ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु । जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् ।’, प्रधानमन्त्रीले दाहालले भने, ‘अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरू...
तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

आर्थिक, राजनीति, समाचार
फाइल तस्बिर तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा एमाले सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ । शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन् । उनीरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गर...
भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

राजनीति, राष्ट्रिय, समाचार
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ । ‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बा...
बागमती प्रदेशमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

बागमती प्रदेशमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

राजनीति, समाचार
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि मिती ताेकिएकाे छ। प्रदेशसभा सचिवालयले पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको जनाएको छ । सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उममेदवारहरूकाे अन्तिम नामावलीको सूची प्रकाशन गर्ने भएकाे छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काअनुसार सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको छ । ...
काठमाडाैं महानगर प्रमुख बालेनद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं महानगर प्रमुख बालेनद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

राजनीति, समाचार
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । निर्वाचन खर्च विवरण समयमै नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने आयाेगकाे निर्णयविरूद्ध प्रमुख शाहले सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन्। स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमुख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । प्रमुख शाहले कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको दावी गरेका छन् । साहले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् । उनले अदालतबाट यसको स्पष्ट व्याख्या ...
सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय

राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । जसपाका प्रवक्ता मनिस सुमनकाअनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ । बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् । त्यसैगरी बैठकले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ । निर्वाचन...
शैलेन्द्र बज्राचार्य संसदीय दलको नेता चयन

शैलेन्द्र बज्राचार्य संसदीय दलको नेता चयन

राजनीति, समाचार, स्थानीय
हाम्रो नेपाली पार्टीको संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन हुनुभएकाे छ । बुधबार बसेको पार्टी वैठकले बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट निर्वाचित भएका थिए । गत आम निर्वाचनमा बज्राचार्य हाम्रो नेपाली पार्टीबाट विजयी एक मात्र उम्मेदवार हुन् । ...
मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

राजनीति, समाचार
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष आज राजीनामा  बुझाएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशका मुख्यमन्त्री पाण्डेको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई बिहीबार मात्र मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । मुख्यमन्त्री पदबाट राजीनामा नदिइ प्रतिधिसभा सदस्यमा विहिबार शपथ ग्रहण गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । शप...