७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

काठमाडौं संस्कृति

स्वस्थानी उपत्यकाको मौलिक कथा

स्वस्थानी उपत्यकाको मौलिक कथा

काठमाडौं संस्कृति, संस्कृति/सम्पदा
आजदेखि स्वस्थानी व्रत प्रारम्भ भयो । माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ । अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन् । योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ । पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन् । स्वस्थानी कथामा विशेषतः पृथ्वी र देवको उत्पत्ति, महादेव–सतीदेवीको विवाह, सतीदेवीको अंगपतन, देवासुर संग्राम, तारकाशुरको वध, पार्वतीको जन्म र विवाह, जालन्धर, नल दमयन्ती आदिको कथा पाइन्छ । स्वस्थानीका विभिन्न पुस्तक छन्, तिनमा एक पुस्तकको अर्कोसँग नमिलेको पनि पाइन्छ । तर, सबै ग्रन्थमा नछुट्ट्याइकन रहने एउटा कथा भने गोमा ब्राह्...
सिथिनख: (कुमार षष्ठी ) पर्व

सिथिनख: (कुमार षष्ठी ) पर्व

काठमाडौं संस्कृति, संस्कृति/सम्पदा
जेष्ठ कृष्णपक्ष चतुर्दशीको दिन कुलदेवताको पीठमा बिशेष शक्ति साधना गरी जेष्ठ शुक्लपक्ष षष्ठीको दिन सिथिनख: पर्व मनाउने गरिन्छ । यो पर्व महादेव र पार्वती पुत्र कुमारको जन्मदिन षष्ठीको दिनमा परेको हुनाले कुमार षष्ठीको रुपमा बिशेष पूजा गरेर, सबै मिलेर भोज खाएर उत्सब मनाउन जात्रा गर्ने चलन हो । संस्कृतिबिद्हरु षष्ठीको अपभ्रंश भएर सिथि भएको भन्दछन् । त्यस्कारण षष्ठी नख:बाट सिथिनख: भएको हो भन्दछन् । नेवाः समाजमा प्रथम पूज्य भनेर दुबै गणेश र कुमार कार्तिकेयलाई मान्दछन् । गणेशजीको प्रथम पूजा कुनैपनि कार्यमा बिध्नबाधा नपरोस भनेर गरेको पाईन्छ । कुमार कार्तिकेयको प्रथम पूजा काम कार्य सफल पार्न र पूजा समेत सुचारू रुपले संचालन होस् भनेर गरिन्छ । नेवाः समाजमा कुमार कार्तिकेयको लागि आफ्नाे घरको मूल ढोकाको सामुन्ने पिखाःलखु स्थापना गरेर कुमारको वास त्यही स्थानमा होस् भनेर पूजा गर्दछन्...
राष्ट्रपतिद्धारा ईद पर्वको शुभकामना सन्देश

राष्ट्रपतिद्धारा ईद पर्वको शुभकामना सन्देश

काठमाडौं संस्कृति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गर्नुभएको हो । उहाँले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । “ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु¥याएको छ”, सन्देशमा भनिएको छ, “इस्लाम समुदायमा रहेको दान गर्...
प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना

काठमाडौं संस्कृति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समु...
‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

काठमाडौं संस्कृति, महानगर, संस्कृति/सम्पदा
‘गुथिघर, देवघर, बहा, बही नगरपालिकाले बनायाे भने सरकारले लिन्छ भन्ने भ्रम फैलाउनेका कारण यसले ठूलाे मात्रामा जनसमुदायलाई घाटा भएकाे छ ।’ पुनर्निर्माण भएकाे श्री वटु लुँमधि अजिमा (भद्रकाली) द्यः छेँकाे उद्घाटन समाराेहमा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्ताे भन्नुभएकाे हाे । ‘संस्कृति र सम्पदा भनेको राष्ट्रको सम्पत्ति हो । यसलाई गुठीयारले धानेका थिए । समयसँगै बढेको मूल्य वृद्धिले अब गुठीयारले मात्र धान्न सक्ने अवस्था छैन ।’ मेयर शाक्यले थप्नुभयो, ‘संरचना बनाउने काम हामीले गरे पनि त्यसपछि त्यसको सञ्चालन र व्यवस्थापनका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ । ‘पैसाको कमी थिएन । बुझाइमा एकरुपता आएको भए अहिलेभन्दा धेरै परिणाम आउने थियो । भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’, मेयर शाक्यले भन्नुभयाे । २०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन २०७५ ...
मेयर शाक्यबाट अन्नपूर्ण द्यः छेँ पुननिर्माणका लागि शिलान्यास

मेयर शाक्यबाट अन्नपूर्ण द्यः छेँ पुननिर्माणका लागि शिलान्यास

काठमाडौं संस्कृति, महानगर
  काठमाडाैं महानगरपालिकाकाे पुरातात्विक स्थल भाेताहितिमा अन्नपूर्ण देवी (असं भलु अजिमा) को गरगहणा मूर्तिहरू तथा बाजागाजा र अन्य सामग्रीकाे सुरक्षा र गुथिका दैनिक कार्य व्यवस्थापनकाे लागि प्रयाेग हुँदैगरेकाे देवघरकाे पुनर्निर्माण हुने भएकाे छ । काठमाडौं महानगरको वडा २७ स्थित साे देवघरकाे शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले स्थानीय र अतिथिहरूकाे बीच शिलान्यास गर्नुभयाे । उपभोक्ता मोडलअन्तर्गत काठमाडौं महानगरपालिकाले मुर्त तथा अमुर्त सम्पदाको पुनर्निर्माण तथा संरक्षण गर्दै आइरहेको छ । सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गर्न थालेकाे बताउँदै मेयर शाक्यले भन्नुभयाे, ‘हामीले सम्पदा पुननिर्माण गर्न लगानी गर्छौं भनिरहँदा सांस्कृतिक संरचना आफैँ लिन्छ भनेर भ्रम फैलाइयो ।’ ‘पुननिर्माण...
धारापाटीमा सिद्धेश्वर महादेव मन्दिर उद्घाटन

धारापाटीमा सिद्धेश्वर महादेव मन्दिर उद्घाटन

काठमाडौं संस्कृति, महानगर, समाचार, संस्कृति/सम्पदा
काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले मंगलबार शिवरात्रीको अवसर पारेर सिद्धेश्वर महादेव मन्दिर उद्घाटन गर्नुभएको हो । काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा रहेको उक्त मन्दिर महानगरको जनसहभागितामा आधारित कार्यक्रमअन्तर्गत निर्माण गरिएको हाे । ‘विकासका परिणामहरु विस्तारै आउँछन् । हामीले गरेका कामहरु धमाधम सकिँदैछन् । कतिपय कामहरु सम्पन्न हुने चरणमा छन् । यो प्रगतिलाई मैले सकारात्मक मानेको छु’, मेयर शाक्यले भन्नुभयाे, ‘सम्पदा पुननिर्माणको प्रगतिमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो।’ स्थानीय तह गठन भएपछि पहिलो कार्यकाल भएकोले स्थानीय सरकारको स्वरुप बनाउन कानून र अन्य प्रबन्धमा काम गर्नुपर्ने बताउँदै सुरुदेखि नै सेवा प्रवाहका लागि सुविधा सम्पन्न पूर्वाधार र सम्पदा पुननिर्माणमा प्राथमिकता दिने नीति लिएकाे उहाँले बताउनुभयाे । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ...
मेयर शाक्यबाट असन कमलाक्षीमा पिलातुं (त्यः र) त्वाः छेँः शिलान्यास

मेयर शाक्यबाट असन कमलाक्षीमा पिलातुं (त्यः र) त्वाः छेँः शिलान्यास

काठमाडौं संस्कृति, महानगर, समाचार
सांस्कृतिक परम्परालाई दिगो बनाउन सरकारकातर्फबाट काठमाडौँ महानगरको सहयोग — मेयर शाक्य काठमाडौँ महानगर वडा २७ बेखालाछी मार्गमा पिलातुं (त्यः र) गुठी घर  निर्माण कार्य शुभारम्भ भएका छ । शनिबार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले उक्त गुठी घर शिलान्यास गर्नुभएको हो । भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको छ । सम्पदा तथा पर्यटन विभागले भवन निर्माणका लागि गएको पुस २८ गते कार्यादेश दिइसकेको छ । यसको निर्माण आउँदो पुस मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ । शिलान्यासपछि बोल्दै मेयर शाक्यले सम्पदा बचाउन महानगरले लगानीमा वृद्धि गरेको धारणा राख्नुहुँदै भन्नुभयाे, ‘सम्पदा बचाउन महानगरले राज्यकातर्फबाट पैसा दिएका छौँ । यो खर्च होइन । लगानी हो । किनभने यी सम्पदालाई पर्यटन जोडेपछि पैसा फिर्ता आउन थाल्छ । हामीले सम्पदालाई पर्यटनसँग जोडेर व्यापारमार्फत स्थानीयबासीको ...
४५ जना दाफा गुरुहरुलाई काठमाडौं महानगरको सम्मान

४५ जना दाफा गुरुहरुलाई काठमाडौं महानगरको सम्मान

काठमाडौं संस्कृति, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुशिँवुमा एक कार्यक्रमविच उहाँहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । ‘महानगरपालिकाले काठमाडाैं सहरलाइ साँस्कृति एवं ए‍ेतिहासिक सहर, सम्पदा नै सम्पदाकाे सहर, २ हजार वर्ष पुरानाे सहरकाे रूपमा परिचय दिंदै आइरहेकाे छ । त्यहि सहरका बाजा परम्परा जाेगाइराख्नुभएकाे गुरूवर्गमा सम्मान स्वरूप भत्ताकाे पनि व्यवस्था गरेका छाैं’, मेयर शाक्यले बताउनुभयाे । ‘राज्यले चाहेकाे बखतमा राष्ट्रकाे गाैरवका रूपमा काठमाडाैंका बाजागाजालाइ संस्कृति-सम्पदाका रूपमा प्रस्तुत गरिरहेकाे छ भने राज्यले यसमा कुनै लगानी गरेकाे देखिन्दैन ।’, मेयर शाक्यले बताउनुभयाे । पुर्खाहरूकाे नासाे मूर्त तथा अमूर्त सम्पदाकाे संरक्षण र प्रवर्द्धनका लागि काठमाडौँ महानगरले राज्यकातर्फबाट लगानी गरिरहेको उहाँले बताउनुभयो । ...
स्थानीय लगानी र सीपबाट   काष्ठमण्डप पुनर्निर्माण

स्थानीय लगानी र सीपबाट काष्ठमण्डप पुनर्निर्माण

काठमाडौं संस्कृति, महानगर, समाचार, समाज, संस्कृति/सम्पदा
०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भुकम्पको ८ वर्ष लाग्दै गर्दा प्राचिन सम्पदा काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । बैङ्क व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो । पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो (मंसिर १७ गते) पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको हो । २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश श...