७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

संस्कृति/सम्पदा

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

संस्कृति/सम्पदा
मेट्राेन्युज/भदाै २२ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।लाखेनाच संरक्षणका लागि खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् ।कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए ।नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरू...
स्वस्थानी उपत्यकाको मौलिक कथा

स्वस्थानी उपत्यकाको मौलिक कथा

काठमाडौं संस्कृति, संस्कृति/सम्पदा
आजदेखि स्वस्थानी व्रत प्रारम्भ भयो । माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ । अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन् । योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ । पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन् । स्वस्थानी कथामा विशेषतः पृथ्वी र देवको उत्पत्ति, महादेव–सतीदेवीको विवाह, सतीदेवीको अंगपतन, देवासुर संग्राम, तारकाशुरको वध, पार्वतीको जन्म र विवाह, जालन्धर, नल दमयन्ती आदिको कथा पाइन्छ । स्वस्थानीका विभिन्न पुस्तक छन्, तिनमा एक पुस्तकको अर्कोसँग नमिलेको पनि पाइन्छ । तर, सबै ग्रन्थमा नछुट्ट्याइकन रहने एउटा कथा भने गोमा ब्राह्...
श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

समाचार, समाज, संस्कृति/सम्पदा
श्रीमाधव नारायण-श्रीस्वस्थानी व्रत कथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष जस्तै याे वर्ष पनि पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने भएकाे छ । श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका छन्। शुक्रबार साँखुकाे सक्वः रिसाेर्टमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले शुक्रबार भएकाे पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी गराए। श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन्। यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क ...
सिथिनख: (कुमार षष्ठी ) पर्व

सिथिनख: (कुमार षष्ठी ) पर्व

काठमाडौं संस्कृति, संस्कृति/सम्पदा
जेष्ठ कृष्णपक्ष चतुर्दशीको दिन कुलदेवताको पीठमा बिशेष शक्ति साधना गरी जेष्ठ शुक्लपक्ष षष्ठीको दिन सिथिनख: पर्व मनाउने गरिन्छ । यो पर्व महादेव र पार्वती पुत्र कुमारको जन्मदिन षष्ठीको दिनमा परेको हुनाले कुमार षष्ठीको रुपमा बिशेष पूजा गरेर, सबै मिलेर भोज खाएर उत्सब मनाउन जात्रा गर्ने चलन हो । संस्कृतिबिद्हरु षष्ठीको अपभ्रंश भएर सिथि भएको भन्दछन् । त्यस्कारण षष्ठी नख:बाट सिथिनख: भएको हो भन्दछन् । नेवाः समाजमा प्रथम पूज्य भनेर दुबै गणेश र कुमार कार्तिकेयलाई मान्दछन् । गणेशजीको प्रथम पूजा कुनैपनि कार्यमा बिध्नबाधा नपरोस भनेर गरेको पाईन्छ । कुमार कार्तिकेयको प्रथम पूजा काम कार्य सफल पार्न र पूजा समेत सुचारू रुपले संचालन होस् भनेर गरिन्छ । नेवाः समाजमा कुमार कार्तिकेयको लागि आफ्नाे घरको मूल ढोकाको सामुन्ने पिखाःलखु स्थापना गरेर कुमारको वास त्यही स्थानमा होस् भनेर पूजा गर्दछन्...
आज अक्षय तृतीया

आज अक्षय तृतीया

समाचार, संस्कृति/सम्पदा
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सह...
मेयर शाक्यबाट वुद्ध विहार उद्घाटन

मेयर शाक्यबाट वुद्ध विहार उद्घाटन

महानगर, संस्कृति/सम्पदा
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वुद्ध विहार उद्घाटन गर्नुभएको छ । वडा २८ बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि महानगरले २०७६ साउन ३२ गते १ करोड रुपैयाँ र २०७७ माघ २४ गते थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । महानगरले उपलब्ध गराएकोबाहेक अन्य रकम दाताहरुबाट प्राप्त भएको हो । यो रकमबाट ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा विहार निर्माण भएको हो । नवनिर्मित बिहार नेपाली शैलीमा ३ तलाको छ । भवनमा एउटा धर्म सभा हल, ध्यान सभा हल, पूजा कोठासहित कोठा, पुस्तकालय र आवासीय प्रयोजनमा ल्याउन सकिने ३ वटा कोठा छन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको विहार पुननिर्माणका लागि २०७५ साल बैशाख १० गते शिलान्यास गरिएको थियो । उद्घाटनपछि बोल्दै मेयर शाक्यले, वुद्ध दर्शनसँग सम्बन्धित गतिविधिका लागि महानगरले लगानी गरिरहेको बताउनुभयो । ‘खर्च र लगानीमा भिन्नता छ । हामीले खर्च होइन ...
काठमाडौं महानगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरीकाे उद्घाटन

काठमाडौं महानगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरीकाे उद्घाटन

महानगर, समाचार, संस्कृति/सम्पदा
ऐतिहासिक कमलपोखरी उद्घाटन भयो, अब यसलाई पर्यटनसँग जोड्छौँः मेयर शाक्य DCIM\100MEDIA\DJI_0067.JPG काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै उहाँले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गर्नुभयो । बुधबार साँझ भिलिमिली उज्यालोका बिच कमलपोखरीको उद्घाटन गर्दै उहाँले अवरोधका बिच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताउनुभयो । ‘ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो नीति नै हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिस र फोहोर जमेको पाखेरीलाई पुनर्जीवन दिने काम सम्पन्न गर्दा आज खुशी लागेको छ ।’ ...
उपत्यकाका जीवित कुमारीकाे बृहत पूजाकाे समापन

उपत्यकाका जीवित कुमारीकाे बृहत पूजाकाे समापन

महानगर, संस्कृति/सम्पदा
उपत्यकाका विभिन्न ठाउँमा विराजमान एघार जीवित कुमारीको तेश्रोपटकको बृहत पूजाको समापन शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता ह्यूमत मिसा पुचःद्वारा आयोजित जीवित कुमारीको बृहत पूजाको समापन कार्यक्रम काठमाडौंको १२ वडास्थित पचली भैरवको प्रांगणमा सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्नेक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब ह्युमत मिसा पुचः १२ वडाको ह्युमत टोलको मात्र नभइकन यसले गरेको उदाहरणीय कार्यले गर्दा यो अब उपत्यकाकै मिसा पुचः भइसकेको बताउनुभयो । यस पुचःले विशेष गरी उपत्यकाका विभिन्न नगरका ११ जीवित कुमारीको बृहत पूजाले गर्दा जीवित कुमारी प्रथाजन्यको मात्र नभइ काठमाडौं महानगरपालिकाकै प्रचार प्रसार भएको मेयर शाक्यले बताउनुभयो । विभिन्न स्थानीय तवरका नगर प्रमुखहरुले काठमाडौं...
‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

काठमाडौं संस्कृति, महानगर, संस्कृति/सम्पदा
‘गुथिघर, देवघर, बहा, बही नगरपालिकाले बनायाे भने सरकारले लिन्छ भन्ने भ्रम फैलाउनेका कारण यसले ठूलाे मात्रामा जनसमुदायलाई घाटा भएकाे छ ।’ पुनर्निर्माण भएकाे श्री वटु लुँमधि अजिमा (भद्रकाली) द्यः छेँकाे उद्घाटन समाराेहमा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्ताे भन्नुभएकाे हाे । ‘संस्कृति र सम्पदा भनेको राष्ट्रको सम्पत्ति हो । यसलाई गुठीयारले धानेका थिए । समयसँगै बढेको मूल्य वृद्धिले अब गुठीयारले मात्र धान्न सक्ने अवस्था छैन ।’ मेयर शाक्यले थप्नुभयो, ‘संरचना बनाउने काम हामीले गरे पनि त्यसपछि त्यसको सञ्चालन र व्यवस्थापनका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ । ‘पैसाको कमी थिएन । बुझाइमा एकरुपता आएको भए अहिलेभन्दा धेरै परिणाम आउने थियो । भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’, मेयर शाक्यले भन्नुभयाे । २०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन २०७५ ...
विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भुसम्मको पदमार्गको काम सुरू हुने

विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भुसम्मको पदमार्गको काम सुरू हुने

समाचार, संस्कृति/सम्पदा
विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भु सम्मको पदमार्गको काम अब छिट्टै सुरू हुने भएको छ । पदमार्गको कामको थालनी गर्न आज माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा शहरी विकास मन्त्रालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय मन्त्री झाक्रीले अब यो योजना अगडि बढाउन आवश्यक बजेटको व्यवस्था मिलाएर छिट्टै सुरू हुने बताउनु भएको छ । वैठकमा माननीय जीवन राम श्रेष्ठ, माननीय गगन थापा, सचिव मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, ईश्वरमान डंगोल प्रवक्त्ता एवं १५ वडा अध्यक्ष उपस्थित हुनुहुन्थ्यो । विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय यस अघि बसेको नागरिक पर्यटन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा मंसिर २३ ग...