७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

फाेटाे फिचर

‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

काठमाडौं संस्कृति, फाेटाे फिचर, संस्कृति/सम्पदा
सामान्यत जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । हाँडीगाउँको जात्रामा अरू जात्राकाे रथभन्दा फरक गजुर मुनि र देवता माथि रहने गर्दछन् । जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ। यो जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको बास हुनका साथै मनोकामना सिद्ध हुने जनविश्वास रहि आएको छ । जात्राका क्रममा रथमा चढाएको मैनको फूल गर्भवती महिलाले शिरमा लगाउँदा बच्चा जन्माउन सजिलो हुने विश्वास गरिन्छ । किम्वदन्तीअनुसार आफ्नाे कुरा नमानेपछि गभर्वती महिलासँग रिसाएका भगवान विष्णुका कारण बच्चा पाउन गाह्राे हुन्छ । पछि विष्णु रिसाएको कुरा स्थानीय पुरोहितले थाहा पाएर हिमालय पर्वत गई भगवान विष्णुसमक्ष याचना गर्दै ‘हामी तपाईँको नामामा यो संसारमा कहिँ नभएको जात्रा गर्नेछौँ, मैनको फूल चढाउँछौ...
देशभर तीन हजार ९०० खोप केन्द्र बाट ‘भेरोसेल’ को दोस्रो मात्रा पुनः लगाइँदै

देशभर तीन हजार ९०० खोप केन्द्र बाट ‘भेरोसेल’ को दोस्रो मात्रा पुनः लगाइँदै

जीवनशैली, फाेटाे फिचर, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ, असार २२ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिला मात्र लगाएका ज्येष्ठ नागरिकहरुलाई आज बाट तीन दिनसम्म दोश्रो मात्राको खोप लगाइदिदै छ । त्यसअघि पनि भेरो सेलको पहिलो मात्रा लगाएर तर विभिन्न कारणले छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइनेछ । सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै यो खोप अभियान थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ । काठमाडौँ जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिनेछ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले करिब पाँच लाख जनाल...
बुंगदेव (रातो मत्स्येन्द्रनाथ)को रथयात्रा (फोटो फिचर)

बुंगदेव (रातो मत्स्येन्द्रनाथ)को रथयात्रा (फोटो फिचर)

फाेटाे फिचर, संस्कृति/सम्पदा
तस्बिर : मनाेजरत्न शाही याेवर्षकाे बुंगदेवकाे रथयात्रा सम्पन्न भएकाे छ । काराेनाकाे महामारीका कारण विभिन्न जातीय समूहको संयुक्त बैठकबाट जारी भएको निर्णयअनुसार पुल्चाेककाे रथनिर्माणस्थलदेखि पुल्चाेककै सोह्रखुट्टेपाटीसम्म रथ तानेर जात्रा सम्पन्न गरिएकाे हाे । ...
बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

काठमाडौं संस्कृति, फाेटाे फिचर, संस्कृति/सम्पदा
१० साउन, काठमाडाैं । बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण भएको छ ।दैवज्ञ कीर्तिमदन जोशीले साउन १० गते शनिबार १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म अन्तिम रथारोहण गर्नुपर्ने दिएकाे शुभ साइतमा अन्न र वृष्टिका देवता मानिने बुंग करूणामय रथारोहण गराइएकाे हाे ।तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्याे । तर, यस वर्ष कोभिड–१९ महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारणले रोकिएको थियो । यहि कारणले गत बैशाख १२ गतेदेखि देउतालाई तःबहालको मन्दिर बाहिर सतलमा ल्याइ नित्य पूजाआजा हुँदै आएको थियो । बुंग करुणामयको रथारोहण गर्ने सम्बन्धमा योभन्दा पहिलाको २ पटक निकालिएको शुभसाइतमा सरकारी प्रसाशनको हस्तक्षेपबाट स्थगित भएको थियो । यस पटक पनि बुधबार आकस्मात जात्रा रोक्नको लागि परिपत्र जारी गरिएको थियो । तर, बिहीबार र शुक्रबार सरकारी पक्षसँग सरोकारवालाहरुको ...
अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते (फाेटाे फिचर)

अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते (फाेटाे फिचर)

काठमाडौं संस्कृति, फाेटाे फिचर, समाचार, संस्कृति/सम्पदा
९ साउन, काठमाडाैं । अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते गरिँदैछ ।साउन ९ गते गुठी संस्थान शाखा कार्यालय ललितपुरकाे संयाेजकत्वमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे छ । प्रतिनिधि सभाका सदस्य पम्फा भुसाल, कृष्णलाल महर्जन, बागमती प्रदेश सभा सदस्य राजकाजि महर्जन, जीवन खड्काहरूकाे उपस्थितिमा भएकाे उक्त बैठकमा रथाराेहण साउन १० गते शनिबार हालकाे महामारीकाे परिस्थितिलाइ पूर्णरूपमा पालना गर्दै नेपाल सरकारद्वारा जारी गरेकाे सबै स्वास्थ्य सुरक्षा नियमावलीअनुसार तथा सामाजिक दुरी लगयातकाे मापदण्डहरू पालना गर्दै रथाराेहण गर्ने निर्णय भएकाे छ । रथाराेहणा साउन १० गते नै हुने तर रथयात्रा हाललाइ भदाै १ गतेपछि हुने व्यहाेरासहित एक विज्ञप्ति सार्वजनिक भएकाे छ । विज्ञप्तिमा श्री राताे मिछन्द्रनाथ घकु, श्री मिननाथ पुजारी, श्री राताे मछिन्द्रनाथ पूजारी संघ, श्री राताे मछिन्द्ननाथ ज्याेतिष, ज्यापू सम...
पुष्पलाल स्मृति दिवसमा काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पुष्पलाल पार्क उद्घाटन (फाेटाे फिचर)

पुष्पलाल स्मृति दिवसमा काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पुष्पलाल पार्क उद्घाटन (फाेटाे फिचर)

फाेटाे फिचर
७ साउन, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको पार्ककाे उद्घाटन गरेका छन् । पुष्पलाल स्मृति केन्द्रका अध्यक्ष एवम् कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनको नेतृत्वमा पुष्पलाल पार्क निर्माण भएकाे हाे । प्रदेश सभा सदस्य वसन्त मानन्धरको नेतृत्वमा बागमती प्रदेश सरकार द्वारा बिनियोजित बजेटबाट उक्त पार्क स्तरोन्नती गरिएको हो । ...
बुंगद्यः(रातो मछिन्द्रनाथ)काे रथमा पांग्रा राख्ने काम संपन्न, असार २३ सम्म रथ निर्माण सम्पन्न हुने

बुंगद्यः(रातो मछिन्द्रनाथ)काे रथमा पांग्रा राख्ने काम संपन्न, असार २३ सम्म रथ निर्माण सम्पन्न हुने

फाेटाे फिचर, संस्कृति/सम्पदा
१६ असार, काठमाडाैं । काठमाडाैं उपत्यकाकाे सबैभन्दा लामाे समयसम्म चल्ने जात्रा बुंगद्यः (राताे मच्छिन्द्रनाथ)काे हाे । जीवन्त संस्कृतिका रूपमा लिइएकाे बुंगद्यःकाे जात्रा उपत्यकाबासी सबैले धुमधामका साथ मनाउने गदर्छ । बुंगद्यःकाे जात्रा बौद्धमार्गी, हिन्दू, बैष्णवी र शैव (नाथ सम्प्रादय) हरूले समेत उतिकै मनाउँछन् । अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि चैत्र महिनाको पूर्णिमाका दिन विधिवत पुजा गरेपछि भोलीपल्टदेखि रथ निर्माणको काम शुरु हुन्छ । रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । करूणामयकाे रूपमा पुजा गरिने बुंगद्यःलाइ बैशाख शुक्ल प्रतिपदा बछलाथ्व पारुको दिन रथारोहण गरि जात्रा शुरु गर्नु गर्नेमा कोभिड १९ लकडाउनका कारण रथजात्रा रोकिएको थियो । अन्न र वृष्टिक...
धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि (फाेटाे फिचर)

धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि (फाेटाे फिचर)

काठमाडौं संस्कृति, फाेटाे फिचर, स्थानीय
१५ असार, काठमाडाैं ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नाराका आज धान दिवस मनाइयो । धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुन आग्रह गरेको छ । संविधानले कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको छ । कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले त्यसका लागि कृषिक...
जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्र भवनकाे शिल्यान्यास (फाेटाे फिचर)

जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्र भवनकाे शिल्यान्यास (फाेटाे फिचर)

फाेटाे फिचर, महानगर, समाचार
८ असार, काठमाडाैं काठमाडाैं महानगरपालिकाकाे १५ वडास्थित धुम्बाखेलमा जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्र भवन निर्माणका लागि जग साइत असार ८ गते साेमवार गरिएकाे छ । बागमति प्रदेशका सांसद अष्टलक्ष्मी शाक्यकाे काेषबाट ५० लाख सहयाेगमा साे भवन निर्माण गर्न लागिएकाे हाे । शिलान्यास कार्यक्रममा संघीय सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडाैं महानगरपालिका १५ वडाका अध्यक्ष एवम् कामपाका प्रवक्ता इश्वरमान डंगाेलकाे सहभागिता रहेकाे थियाे । जेष्ठ नागरिक मनाेरञ्जन सेवा केन्द्रका अध्यक्ष मैयाँलक्ष्मी महर्जनकाे सक्रियता बन्न लागेकाे उक्त भवनकाे शिल्यान्यास कार्यक्रमलाइ धुम्बाखेल युवा क्लबले सहयाेग गरेकाे थियाे । https://www.youtube.com/watch?v=_p5ESfoZ1Yw ...
यस्ताे देखियाे सूर्यग्रहण (फाेटाे फिचर)

यस्ताे देखियाे सूर्यग्रहण (फाेटाे फिचर)

फाेटाे फिचर
७ असार, काठमाडाैं । सूर्यग्रहण सूर्य पृथ्वीको सबैभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो। सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छाया पर्दा सूर्यग्रहण देखिन्छ। आइतवार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपाल‍मा बिहान १०:५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २:२३ बजे सकिएको थियो। खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो भएको देखिएको थियो भने अन्य भूभागबाट ८८ प्रतिशत ग्रहण देखिएको थियो। यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ। तस्बिर : मनाेजरत्न शाही तस्बिर : मनाेजरत्न शाही तस्बिर : शरण डंगाेल तस्बिर : शरण डंग...