७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

महानगर

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

महानगर, समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो । कामपाले चालु आवमा नमूना विद्यालयको लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ । तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानका...
काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरु

काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरु

महानगर, समाचार
काठमाडौँ महानगरको मत गणना सुरू भएको छ । मतगणनाका लागि काठमाडाैं महानगरपालिकाकाे वडा नं. १ र ३२ काे मतमेटिका खाेलिएकाे छ । सर्वप्रथम हितिगा: र नक्साल भगवती बुथ ‘क’ काे मतपेटिका खाेलिएकाे छ । उक्त दुई मतपेटिका एकै ठाउँमा राखेर गणना भइरहेकाे छ ।  राष्ट्रिय सभागृहमा शनिबार विहान करिब ९ बजेदेखि मतगणना सुरु भएको हो । वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । गए राती १२ बजेपछि बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरू भएकाे हाे । दलका १-१ प्रतिनिधि र स्वतन्त्रकाे हकमा बढीमा ५ जना प्रतिनिधि राखेर मतगणना सुरु भएकाे निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ...
नार्पाभूमिमा लामा र चामेमा घले विजयी

नार्पाभूमिमा लामा र चामेमा घले विजयी

महानगर, राजनीति, समाचार
हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको मतगणना गएराति १ बजे सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत हुनुभएको छ । उहाँले १५८ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाउनुभएको थियो । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो । त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित हुनुभएको छ । कम ...
मनपर्ने उम्मेदवारलाई मत दिनुहोला : उपमेयरकी प्रत्याशी डंगोल

मनपर्ने उम्मेदवारलाई मत दिनुहोला : उपमेयरकी प्रत्याशी डंगोल

महानगर, समाचार
नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदातालाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन सुझाव दिनुभएकाे छ । स्थानीय तहकाे निर्वाचनमा आफ्नाे मताधिकार प्रयाेग गर्नुभएपछि उहाँले यस्ताे भन्नुभएकाे हाे । काठमाडौं महानगरपालिका वडा नम्बर २१ फसिगाँ लगनटोलमा डंगाेलले शुक्रबार बिहान साढे ८ बजे मतदान गर्नुभएकाे हाे। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म स्थानीय तह निर्वाचनमा मतदानका लागि समय तोकिएको छ। ...
फोहर व्यवस्थापनमा पुनः समस्या

फोहर व्यवस्थापनमा पुनः समस्या

महानगर, समाचार
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहर मिलाउने काम भएकाले आइतबार र आज फोहर व्यवसथापन गर्न समस्या भएएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताउनुभयो । यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहरलाई व्यवस्थापन गरिँदै आएको थियो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक...
काठमाडौँ महानगरपालिकामा माओवादीबाट उम्मेदवार बनेका ३ जना वडाध्यक्ष एमाले प्रवेश

काठमाडौँ महानगरपालिकामा माओवादीबाट उम्मेदवार बनेका ३ जना वडाध्यक्ष एमाले प्रवेश

महानगर, समाचार
नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिकामा उम्मेदवार बनेका वडाध्यक्ष एकपछि अर्को गर्दै नेकपा (एमाले)मा प्रवेश गरेका छन् । केही दिन अघि मात्रै वडा–१३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित एमाले प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रवाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई नेकपा (एमाले) काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले टिका लगाएर एमाले प्रवेश गाराउनु भएको हो । पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘नेकपा माओवादीले गठबन्धनका नाममा उ...
युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छुः केशव स्थापित

युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छुः केशव स्थापित

महानगर, समाचार
‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियानलाई रिभाइभ गर्छुः एमाले तर्फका मेयर पदका उम्मेदवार स्थापित काठमाडौँ महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताउनुभएको छ । ‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थापितले भन्नुभयो, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरुका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छु ।’ उहाँले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताउनुभयो । ‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भन्नुभयो, ‘त्...
काठमाडौं महानगरपालिका भित्री सहरमा एमालेको  विशाल पदयात्रा सुरु (तस्बिरहरू)

काठमाडौं महानगरपालिका भित्री सहरमा एमालेको विशाल पदयात्रा सुरु (तस्बिरहरू)

महानगर, समाचार
नेकपा एमाले काठमाडौं महानगरपालिकाले आफ्नाे विशाल पदयात्रा सुरु गरेको छ। शनिबार बिहान काठमाडौंका भित्रि सहरका वडा नम्बर १२, १७, १८, १९, २०,२१,२२,२३, २४, २५ र २७ गरी ११ वडामा लक्षित गर्दै बृहद पदयात्रा सुरु गरेको हो । नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाका अनुसार हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा बसन्तपुर, जैशीदेवल, लगन, भिमसेनस्थान, नरदेवी, अनशन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले एमालेले खोजेको र रोजेको प्रतिनिधि एमालेले उम्मेदवार बनाएकाले घरघरमा पुगेर एमालेका नीति र कार्यक्रम बुझाउन आह्वान गर्नुभयो। उहाँले जनताको सपना एमालेका प्रतिनिधिले मात्र पूरा गर्ने भएकाले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। पदयात्रा हनुमान ढोकाबाट पदयात्रा थालिएक...
‘युवालाई उद्यमी बनाउने मेरो चाहना हो’

‘युवालाई उद्यमी बनाउने मेरो चाहना हो’

महानगर, समाचार
गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले युवालाई उद्यमी बनाउने आफ्नो चाहना भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–१९ को घरदैलो कार्यक्रममा उहाँले युवालाई रोजगारको सिर्जना गर्ने बताउँदै भन्नुभयो, “यो देशमा प्रजातन्त्र ल्याउनका लागि होमिएर आएको महिला हुँ, म युवाको लागि विशेष ध्यान दिनेछु, मैले काठमाडौँका मौलिकता, चित्रकला, वास्तुकला, मूर्तीकलालाई डिजिटल प्रविधि अपनाएर युवालाई उद्यमी बनाउनतर्फ लाग्नेछु”, उहाँले भन्नुभयो । नेत्री सिंहले महिलालाई आर्थिक रुपमा शसक्त बनाउनका लागि रोजगारका कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । काठमाडौँको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो । उहाँले गृहणी र एकल पुरुषका लागि विशेष कार्यक्रम अगाडि सार्नेसमेत बताउनुभयो । महानगरका सम्पूर्ण वडामा ‘स्वास्थ्य प्रवद्र...
रश्मिला प्रजापति कर्मचारी आन्दोलनबाट हटाइएकी थिइन्

रश्मिला प्रजापति कर्मचारी आन्दोलनबाट हटाइएकी थिइन्

महानगर, राजनीति, समाचार
काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं हाल एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापित विरुद्ध यौन दुराचारीको आरोप लगाएकी कामपाका पूर्व कर्मचारी रश्मिला प्रजापतिलाई आर्थिक अनियमित कार्य गरेका कारण सेवाबाट हटाइएको प्रमाण फेला परेको छ । प्रजापतिले आफूलाई जागिरबाट हटाइएको बास्तबिक कारण ढाकछोप गरी स्थापितले यौन प्रस्ताव राखेको र सो प्रस्ताव नमानेका कारणले जागिरबाट हटाएको दावी गर्दै आएकी थिइन् । कामपाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रममा शाखा अधिकृतका रुपमा कार्यरत प्रजापतिले गरेका आर्थिक हिनामिना र अनियमितताको सम्बन्धमा छानबिन गर्न समिति समेत गरिएको थियो भने सोही समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनलाई हटाइएको कामपाको उच्चश्रोतको दावी छ । प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालिगलौज गरेपछि तत्कालीन कर्मचारी युनियनले उनले गरेका अनिय...