६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

Uncategorized

पछिल्लो २४ घन्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

Uncategorized
काठमाडाैं, असार ५ । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९६ पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै मुलुकभर ६ लाख ४५ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ५ लाख ५३ हजार ३४२ जना निको भएका छन् । शनिवारमात्रै ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन् ।  यस दिन ३४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।  ...
बन्दुकधारीद्धारा १० जनाको हत्या

बन्दुकधारीद्धारा १० जनाको हत्या

Uncategorized
काठमाडाैं, असार २ । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् । उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ । यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँम...
पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत (सूचीसहित)

पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत (सूचीसहित)

Uncategorized
काठमाडौं, जेठ २८ । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताउनुभयो । पौडेलका अनुसार इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिस/हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रहेका छन् ।...
गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

Uncategorized
काठमाडाैं, जेठ २८। गैंडा तस्करीमा संलग्न खड्क बहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले उनलाइ नियन्त्रणमा लिएकाे हाे । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो । चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए ।। विसं २०७७ भदौं १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको निकुञ्जको दावी छ । गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैंडा मारेको निकुञ्जले जनाएको छ । ...
जङ्गली हात्ती बस्तीमा

जङ्गली हात्ती बस्तीमा

Uncategorized
काठमाडाैं, जेठ २४ । जङ्गली हात्तीले महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति तीनवटा घरमा तोडफोड गरेकाे छ । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिनुभयो । तीन वटा सङ्ख्यामा रहेका हात्तीको समूह अहिले जङ्गल पसेका छन् । बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ । महोत्तरी, सर्लाही र धनुषाको उत्तरीभेगका चुरे क्षेत्र नजिकका बस्तीमा वर्सेन...

hhh

Uncategorized
ujuhhh
काेराेनाबाट कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्न मेयर शाक्यको अपिल

काेराेनाबाट कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्न मेयर शाक्यको अपिल

Uncategorized
काठमाडौं, वैशाख १६ / ‘विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन ।’, महानगर प्रमुख विद्यासुन्दर शाक्यले जारी गरेकाे अपिलमा भनिएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरे । यहाँ महानगरवासीसँगै देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण यहाँ पनि द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ ।’, प्रमुख शाक्यले भने । शाक्यले अपिलमा भने, ‘संक्रमण दे...
काठमाडौंको शंखपार्कमा खुल्ला शारीरिक व्यामशाला

काठमाडौंको शंखपार्कमा खुल्ला शारीरिक व्यामशाला

Uncategorized
काठमाडौं, वैशाख १३ । काठमाडौं महानगरपालिका -४ शंखपार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको उद्घाटन भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् । शुभारम्भ पछि बोल्दै प्रमुख शाक्यले शारीरिक व्यामशालाको उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रिका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताए । उनले भने, ‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कमा योजनाअनुसारका बहुउपयोगी कार्यहरु गरिरहेका छौं । यसको प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा अन्य पार्कमा पनि सेवा विस्तार महानगर प्रमुख शाक्यको भनाई रहेको छ ।’ अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको र यसलाई अझै बढाउनु पर्ने प्रमुख शाक्यको धारणा रहेको थियो । त्यस क्रममा उपप्रमुख हरिप्...
नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा

नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा

Uncategorized
काठमाडाैं, वैशाख १३ / मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । समापन समाराेहका प्रमुख अतिथि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । नेतृत्व विकास तालिमको एक हप्ताको  अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको उपमेयर खड्गी श्रेष्ठले बताए । महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताए । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उपमेयर खड्गी श्रेष्ठकाे भनाइ थियो । प्रतिष्ठानकी अध्यक्ष एवं कार्यक्रमका सभापति गंगालक्ष्मी अवालले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा योगदान गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले गम्भीरता पूर्...
शुकराम महर्जनको ‘सर्वार्थसिद्ध’ विमोचित

शुकराम महर्जनको ‘सर्वार्थसिद्ध’ विमोचित

Uncategorized
काठमाडौं, वैशाख १२ / नेपालभाषाको गीति नाटक ‘सर्वार्थसिद्ध’ विमोचन भएकाे छ । बागमती प्रदेशका सभासद् पुकार महर्जनले उक्त गीति नाटक विमोचन गरेका हुन् । विमाेचित कृतिमा कीर्तिपुर पांगाका साहित्यकार स्व. शुकराम महर्जनकाे रचना रहेकाे छ । प्रमुख अतिथि महर्जनले शुकराम महर्जनले नेपालभाषाको साहित्य र संगीतमा अतुलनीय योगदान दिनु भएको स्मरण गर्दै पांगाको भुजिन्द टोलमा स्थापित पवित्र कुटी विहारलाई सुधार गर्न आवश्यक रहेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए । शुकराम महर्जनद्वारा रचित ‘सवार्थसिद्ध’ गिती नाटकको यो दोश्रो संस्करण प्रकाशनमा ल्याइएको हो । पवित्र कुटी विहारले प्रकाशन गरेको दोश्रो संस्करण विमोचन समारोहका सभापति रामदेवी महर्जनले बुबाको कृति प्रकाशनलाई निरन्तरता दिने बताए । उनले अब चाँडै नै ‘छ्यलागु लँ ज्यली’ पुस्तक प्रकाशनको तयारीमा रहेको बताउँदै बुबाको कृतिहरुलाई क्रमशः प्रक...