फोहरमैला व्यवस्थापनलाई जटिल नबनाऔँ

फोहरमैला व्यवस्थापनलाई जटिल नबनाऔँ

मेट्रो संवाददाता

२५ जेठ २०७८ १९:१६

फोहरमैला नेपालको राजधानी काठमाडौंको एक प्रमुख र जल्दोबल्दो समस्याका रूपमा रहेको छ । यो सरकारको प्रमुख प्राथमिकतामा रहेको क्षेत्र पनि हो । बढ्दो तथा अव्यवस्थित सहरीकरण र जनसंख्या वृद्धिका साथै न्यून जनचेतनाका कारणले फोहरमैला दिनानुदिन सरकारको टाउको दुखाइको विषय बन्दै गइरहेको छ ।

वर्तमान परिवेशमा फोहरमैला व्यवस्थापन सरकारको एकल प्रयास र साधन–स्रोतबाट सम्भव नहुने हुँदा हालका दिनमा फोहरमैला व्यवस्थापन सार्वजनिक–निजी साझेदारीको विषय बनिसकेको छ । हाम्रो कानुनले फोहरमैला व्यवस्थापनको जिम्मा स्थानीय निकायलाई दिएको छ । तर हाम्रा स्थानीय निकायसँग आवश्यक प्राविधिक जनशक्ति र आवश्यक पूर्वाधारको अभाव भएकाले यसको व्यवस्थापन वैज्ञानिक तरिकाले गर्न सकिरहेका छैनन् । त्यसैले फोहरमैलाको वैज्ञानिक व्यवस्थापन सम्पूर्ण स्थानीय निकायहरूको प्राथमिकताको विषय बन्नुपर्छ । यसको लागि हामीले अरू विकसित मुलुकहरूले यसलाई कसरी व्यवस्थापन गरिरहेका छन् । कस्ता प्रविधिहरू प्रयोग गरिरहेका छन् र उनीहरूले अवलम्बन गरिरहेको प्रविधि र व्यवस्थापकीय विधि हामीले पनि अनुशरण गर्न सकिन्छ की भनेर हेर्न जरुरी हुन्छ ।

फोहरले सहर कुरूप मात्र बनाउने होइन यसले रोग पनि निम्त्याउछ । फोहरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा यसको प्रत्यक्ष असर आम नागरिकको स्वास्थ्यमा परिरहेको हुन्छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसले देशको समग्र अर्थतन्त्रमा पनि नकारात्मक असर पारिरहेको हुन्छ । यो त्यति जटिल विषय पनि होइन र यसको व्यवस्थापन पनि सरल तरिकाले गर्न सकिन्छ । यत्ति हो की हामीले फोहरमैला व्यवस्थापनको आधारभूत सिद्धान्त बुझ्न जरुरी छ ।

विकसित मुलुक मा फोहरमैला कसरी व्यवस्थापन भइरहेको छ भन्ने सम्बन्धमा हामीले बेलायतको उदाहरण लिन सक्छौ । त्यहाँ पनि फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानीय सरकालाई दिइएको हुन्छ । केन्द्रीय सरकार को यसमा नीति नियमको माध्यमबाट आवश्यक हस्तछेप गर्ने र नियमन गर्ने मात्र हुन्छ । फोहरमैलालाई सबैभन्दा पहिला स्रोतमा नै छुट्याइन्छ । न्यूनतम तीन प्रकार (कुहिने, recycle गर्न मिल्ने र अन्य) मा वर्गीकरण गरिन्छ । वर्गीकृत फोहरलाई छुट्टाछुट्टै संकलन गरी ट्रान्सफर स्टेसनमा लगिन्छ जहाँ हरेक लोडको तौल लिइन्छ र त्यसलाई फोहरको प्रकृति हेरी छुट्टाछुट्टै प्रसोधन केन्द्रमा पठाइन्छ । यो नै फोहरमैला व्यवस्थापनको आधारभूत सिद्धान्त हो जुन विकसित राष्ट्रहरूले अवलम्बन गरिरहेका छन् । प्रसोधनको लागि कुन प्रविधि प्रयोग गर्ने भन्ने कुरा फोहरको प्रकृति, भूगोल, लागत इत्यादीमा निर्भर गर्छ तर अब यतिले मात्र पुग्दैन । हामी “zero waste” को अवधारणामा जानुपर्छ जुन विकसित राष्ट्रहरूले सुरु गरिसकेका छन् ।

“Zero waste” को अवधारणा भनेको फोहरलाई जति सक्यो कम उत्पादन गर्ने, जति सक्यो धेरै पुनः प्रयोग गर्ने र जति सक्यो धेरै recylce गर्ने जसले गर्दा फोहरलाई विसर्जन गर्न अथवा अन्य प्रशोधन केन्द्र मा पठाउनै नपर्ने अवस्था को सिर्जना होस् ।

काठमाडौंको सन्दर्भमा पनि दीर्घकालीन रूपमा हामीले गर्ने भनेको यही नै हो । यसो हेर्दा हाम्रो अहिलेको काठमाडौंको फोहरमैला व्यवस्थापनको स्थितिबाट “zero waste” मा कसरी पुग्न सकिएला जस्तो लाग्छ तर कहीँ न कहीँबाट त सुरुवात गर्नेपर्छ । यसको लागि पहिलो कदम भनेको जनचेतना नै हो । हामीले जति सक्यो धेरै जनतालाई सुसूचित गर्न जरुरी छ । प्रत्येक घरबाट निस्कने फोहरलाई कसरी वर्गीकरण गर्ने, घरमै पुनः प्रयोग गर्न मिल्ने फोहरलाई पुनः प्रयोग गर्ने तरिका सिकाउने र सबैभन्दा उत्तम भनेको त कसरी फोहर उत्पादनमा नै कमि ल्याउने भन्ने विषयमा केन्द्रित भै जनचेतनाका कार्यक्रम ल्याउनुपर्छ । अझ सकिन्छ भने यस्ता कार्यक्रमहरू मार्फत साना बालबालिकालाई हरेक विद्यालयमा गएर सिकाउनुपर्छ । यसो गर्न सकियो भने हामीले आउने पुस्तालाई पनि सँगै सुसूचित गर्न सक्छौ । यो त भयो शिक्षा र जनचेतनाको पाटो ।

फोहरमैला व्यवस्थापनको अर्को पाटो भनेको यसको संकलन, प्रशोधन र विसर्जन पनि हो । अहिलेको अवस्थामा काठमाडौंको फोहरमैला व्यवस्थापनमा यी तीनैवटा पाटाहरूको उत्तिकै महत्व छ । यसको लागि काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरलाई वर्गीकरण गरी घर/घरबाट उठाउने व्यवस्था मिलाउनुपर्छ । जम्मा गरिएको कुहिने फोहरबाट जैविक मल उत्पादन गर्ने र नेपाली बजारमा बिक्री गर्ने व्यवस्था गर्नुपर्छ भने नकुहिने तर recycle गर्न मिल्ने फोहरलाई सम्बन्धित निर्माता कम्पनीसँग समन्वय गरी बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ । यति मात्र गर्न सकियो भने पनि काठमाडौंबाट निस्किएको फोहरको ८० प्रतिशत व्यवस्थापन भैहाल्छ । बाँकी २० प्रतिशत फोहर जुन जैविक मल पनि बनाउन सकिँदैन र recycle पनि गर्न सकिँदैन तिनीहरूलाई मात्र ल्यान्डफिलमा लगेर विसर्जन गर्नुपर्छ । यति मात्रै गर्न सकियो भने पनि काठमाडौँ लाई सुन्दर र फोहर मुक्त बनाउन सकिन्छ भने अर्को तर्फ यो महानगरपालिकाको लागि नियमित आम्दानीको स्रोत पनि बन्न सक्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता