६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

जीवनशैली

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का प्रतियोगीहरूको गीत रेडियो नेपालले रेकर्ड गरिदिने

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का प्रतियोगीहरूको गीत रेडियो नेपालले रेकर्ड गरिदिने

जीवनशैली, मनोरन्जन, समाचार, स्थानीय
कीर्तिपुर नगरपालिकाले आयोजना गरिरहेको कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का उत्कृष्ट दश स्थान हासिल गरेका (टप टेन)हरूको सामूहिक गीत रेडियो नेपालले रेकर्ड गरिदिने भएको छ । कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का उत्कृष्ट दश स्थानका आइडलहरूलाइ गत मंसिर २३ गते बिहीबार सिंहदरबारस्थित रेडियो नेपाल, नेपाल टेलिभिजन र अनामनगर स्थित स्ट्रिङ्स स्टुडियोको अवलोकन भ्रमण गराइएको थियो । रेडियो नेपालको भ्रमणका क्रममा रेडियो नेपालका बोर्ड अफ डाइरेक्टर टिका भण्डारीले रेडियो नेपालको रेकर्डिङ्ग स्टुडियोमै सम्पूर्ण प्रतियोगीहरूको गीत सुनिसकेपछि रेडियो नेपालले सामूहिक गीत रेकर्ड गरिदिने घोषणा गर्नुभयो । रेडियो नेपालको भ्रमणमा रेडियो नेपालका साउण्ड ईन्जिनियर पुष्परत्न वज्राचार्य, संगीत प्रमुख मनराजा नकर्मीले रेडियो नेपालको विभिन्न स्टुडियो र रेकर्डिङ्ग गर्ने बारेको जानकारी दिनु भएको थियो । रेडियो नेपालका बो...
ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुति ‘धाये मफुत’  सार्वजनिक

ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुति ‘धाये मफुत’ सार्वजनिक

जीवनशैली, मनोरन्जन
काठमाडौं। ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा नेपालभाषाकाे ‘धाये मफुत…’ बोलकाे म्यूजिक भिडियाे सार्वजनिक गरिएको छ। राइजिङ्ग मल दरबारमार्गमा एक भव्य समाराेहका बीच बिहीबार ‘धाये मफुत…’ बोलकाे म्यूजिक भिडियाे सार्वजनिक गरिएको हो। विमाेचन कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गीत, रचना, संगीत र भिडियो निकै राम्रो बनेकोमा प्रसंसा गर्नु भएकाे थियाे । त्यसैगरि नेपाली चलचित्रका ठुल्दाइका रुपमा परिचित वरिस्ठ कलाकार शिव श्रेष्ठले म्युजिक भिडियो हेरिसकेपछि आफु पनि यस किसिमको म्युजिक भिडियोमा भूमिका निर्वाह गर्न इच्क्षा जागेको बताउनु भयो |  चिरपरिचित गायक अस्मिता परियार र प्रिज्वल नेपालीकाे स्वरवद्ध उक्त नेपालभाषाकाे गीतमा शब्द दिपक नेपालीकाे रहेकाे छ भने संगीत बावुल गिरीले भर्नुभएकाे छ। अर्जुन तिवारीको छायांकन गर्नुभएकाे भिडियोमा शिलन लम्सालले सम्पादन ग...
अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाइ

अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाइ

जीवनशैली, मनोरन्जन, समाज
काठमाडाैं । ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई सम्मान गरेको छ । १६ वडा भवनमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्रबाट सम्मान गरेको हो । सम्मान गर्दै वडा अध्यक्ष निर्मल रत्न शाक्यले “वडाका कलाकारहरुले दिएको उत्साहले सम्पूर्ण वडा नै उत्साहित हुने भन्नु हुँदै यही उत्साह र खुशी दिने कलाकारहरुलाई वडाले औपचारिक रुपमा शुभकामना बधाई दिने परम्पराको थालनी गरेको बताउनु भएको छ । उहाँले वडा १६ का कलाकारहरुलाई ध्यानमा राखी कलाकार समिति बनाएको बताउनु भयो । कलाकारले समाजका लागि गरेको योगदान तथा आफू जन्मिएको स्थानको गौरव बढाएको हुन्छ । त्यसैले कलाकारहरुको मान राख्नु सबैको कर्तब्य रहेको उल्लेख गर्नुहुँदै कला क्षेत्र विकासमा स्थानीय तहको पनि योगदान ह...
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

जीवनशैली, संस्कृति/सम्पदा
काठमाडाैं । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् । भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाइन्छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवाखेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ । यस दिन राति नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने गर्छन् । पूज...
पशुपतिनाथमा क्षमा पूजा, शुक्रबार बिहानदेखि मन्दिर खुला गरिने

पशुपतिनाथमा क्षमा पूजा, शुक्रबार बिहानदेखि मन्दिर खुला गरिने

जीवनशैली, संस्कृति/सम्पदा
पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको हो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशे...
गोदान, पूर्णपात्र गरी साउने सोमबार व्रत समापन

गोदान, पूर्णपात्र गरी साउने सोमबार व्रत समापन

जीवनशैली, समाचार, संस्कृति/सम्पदा
काठमाडौँ, ३२ साउन ।  सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधना व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । केही भक्तजनले शिवको विशेष पूजाआराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर नखुले पनि बाहिरी क्षेत्रमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो । विशेषगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने...
साउने सोमबार व्रत समापन

साउने सोमबार व्रत समापन

जीवनशैली, समाचार, संस्कृति/सम्पदा
काठमाडौँ, ३२ साउन । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित शुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिँदै छ । साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनुहुन्छ । चन्द्रमासअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्नुपर्ने शास्त्रीयविधि रहेको उहाँ सुनाउनुहुन्छ । यसवर्ष साउनमा ४, ...
मकवानपुरमा १६४ घर खरको छानामुुक्त

मकवानपुरमा १६४ घर खरको छानामुुक्त

जीवनशैली, समाचार
प्रतिकात्मक तस्बिर । वाग्मती, ३० साउनमकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् । ३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारले उपलब्ध गराएको रकम रु ५० हजारको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो । त्यस्तै प्रदेश सरकारकातर्फबाट रु २५ लाख र स्थानीय सरकारका तर्फबाट रु २५ लाख गरी कूल रु ५० लाखमार्फत १२५ घरधुरीलाई रु ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । गाउँपालिकाका अधिकां...
तपाईंकाे आजकाे राशिफल : दिन शुभ रहाेस्

तपाईंकाे आजकाे राशिफल : दिन शुभ रहाेस्

जीवनशैली
मेषमन चञ्चल हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आर्थिक क्षेत्र सवल रहनेछ । विपरित लिंगीप्रतिको आकर्षण बढ्ला । वृषआर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । मिथुनपारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । कर्कटप्रणयसम्बन्ध अघि बढ्ने योग छ । बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । मुद्दा मामिलामा सफलता प्राप्त हुनेछ । सिंहशुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् । एउटै कामबाट दोह...
खिर खाएर साउन १५ मनाइँदै

खिर खाएर साउन १५ मनाइँदै

जीवनशैली, समाचार, संस्कृति/सम्पदा
काठमाडाैं, १५ साउन, २०७८ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दि...