मेट्रो संवाददाता
३१ वैशाख २०७९ १०:०६

काठमाडौँ महानगरको मत गणना सुरू भएको छ । मतगणनाका लागि काठमाडाैं महानगरपालिकाकाे वडा नं. १ र ३२ काे मतमेटिका खाेलिएकाे छ । सर्वप्रथम हितिगा: र नक्साल भगवती बुथ ‘क’ काे मतपेटिका खाेलिएकाे छ । उक्त दुई मतपेटिका एकै ठाउँमा राखेर गणना भइरहेकाे छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब ९ बजेदेखि मतगणना सुरु भएको हो ।
वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।
गए राती १२ बजेपछि बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरू भएकाे हाे ।
दलका १-१ प्रतिनिधि र स्वतन्त्रकाे हकमा बढीमा ५ जना प्रतिनिधि राखेर मतगणना सुरु भएकाे निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
मत गणना वडा १ बाट माथि र ३२ बाट तल हुने गरी थालनी भएको छ । एक पटकमा ५ वटा वडाबाट गणना थालिनेछ ।आयोगले दलबाट एक जना र स्वतन्त्रबाट प्रतिनिधिमुलक प्रतिनिधित्व गराउन भनेको छ । यसैअनुसार व्यवस्था मिलाइनेछ ।
सभा गृहमा हिजो मतदान सकिएपछि साढे ५ बजेबाट मतपेटिका ल्याउन थालिएको थियो । ६ वटा काउन्टर राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब साढे ११ बजेसम्ममा सबै पेटिका बुझेको थियो । त्यसपछिको आधा घण्टामा सर्वदलीय बैठक बसेको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


