मेट्रो संवाददाता
२६ वैशाख २०७९ ११:३४

नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिकामा उम्मेदवार बनेका वडाध्यक्ष एकपछि अर्को गर्दै नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
केही दिन अघि मात्रै वडा–१३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित एमाले प्रवेश गरेका थिए ।
आज फेरि माओवादी केन्द्रवाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई नेकपा (एमाले) काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले टिका लगाएर एमाले प्रवेश गाराउनु भएको हो ।
पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
‘नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै होइन उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ,’ उहाँले भन्नुभयो, ‘केही दिन अघि मात्रै पनि चितवन पुगेर प्रचण्डले चितवनमा आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्दै घीनलाग्दो शब्द प्रयोग गर्नुभयो । उहाँका त्यस्ता अभिव्यक्तिले हामीलाई त्यो पार्टीमा बसिरहन झन असहज भयो र आज एमाले प्रवेश गर्र्यौ ।’
उहाँले नातावाद र कृपावादलाई प्राथमिकता दिदाँ पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
उहाँले समकालिन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण पनि व्यक्त गर्नुभयो । यस अघि नै नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार बन्नुभएका रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरिसक्नु भएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


