उपत्यकाका जीवित कुमारीकाे बृहत पूजाकाे समापन

उपत्यकाका जीवित कुमारीकाे बृहत पूजाकाे समापन

मेट्रो संवाददाता

२९ फागुन २०७८ १६:००

उपत्यकाका विभिन्न ठाउँमा विराजमान एघार जीवित कुमारीको तेश्रोपटकको बृहत पूजाको समापन शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता ह्यूमत मिसा पुचःद्वारा आयोजित जीवित कुमारीको बृहत पूजाको समापन कार्यक्रम काठमाडौंको १२ वडास्थित पचली भैरवको प्रांगणमा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तव्य राख्नेक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब ह्युमत मिसा पुचः १२ वडाको ह्युमत टोलको मात्र नभइकन यसले गरेको उदाहरणीय कार्यले गर्दा यो अब उपत्यकाकै मिसा पुचः भइसकेको बताउनुभयो ।

यस पुचःले विशेष गरी उपत्यकाका विभिन्न नगरका ११ जीवित कुमारीको बृहत पूजाले गर्दा जीवित कुमारी प्रथाजन्यको मात्र नभइ काठमाडौं महानगरपालिकाकै प्रचार प्रसार भएको मेयर शाक्यले बताउनुभयो ।

विभिन्न स्थानीय तवरका नगर प्रमुखहरुले काठमाडौं महानगरले केकस्तो नीति अनुरुप जीवित कुमारीलाई सहयोग गरिरहेको हामीले पनि यहाँ संरक्षण र प्रवद्र्धन गर्न के कस्ता नीति लिनुपर्छ भनि सोधपुछ गरेको बताउनुभयो । उक्त पुचःबाट जीवित कुमारीको बृहत पूजाले लोप भइसकेको कुमारी प्रथालाई जीवित पार्न सफल भएकोमा धन्यवाद दिनुहुँदै उहाँले यसको प्रतिफल वर्तमान अवस्थामा तत्कालै लिन नसकेपनि कालान्तरमा यसको प्रभाव राम्रो हुने बताउनुभयो ।

‘सम्पदा भनेको कुनै जात विशेषको होइन, सबै समान हुन् ।’ उहाँले भन्नुभयो, ‘विविधतामा एकता हाम्रो पहिचान हो । सबैको समान सहयोगबाट ह्यूमत मिसा पुचःले ३ पटकसम्म यो महान कार्य गर्न सफल भएको छ । यसलाई नीतिगत रुपमा कसरी दिगो बनाउन सकिन्छ भन्नेमा छलफल भइरहेको छ ।’

भगिनी सम्बन्धमा विभिन्न पार्क तथा सम्पदाको संरक्षण गरेजस्तौ कुमारी प्रथाको पनि विशेष कार्यविधि बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नेपाल देशको मुख्य आयस्रोत मध्ये विशेषत पर्यटन भएको बताउनुभयो । देशलाई समृद्धिको बाटोमा लैजान पर्यटन व्यवसाय सफल हुनुपर्ने भन्नुहुँदै उहाँले देश तथा विदेशबाट पर्यटक भित्र्याउनको लागि यहाँको सम्पदा, संस्कृति तथा प्रथाजन्यलाई जीवन्त राख्नुपर्नेमा जोडदिनुभयो । ५०÷६० लाख जनता बसोबास गर्ने काठमाडौंमा मुलबासी केवल २४÷२५ लाखमात्र रहेको छ ।

‘देशको संघीय राजधानी काठमाडौं भएकोले यहाँको उचित व्यवस्थापनको लागि सम्पूर्ण निकायलाई स्थानीय निकायअन्तर्गत ल्याउनुपर्छ’, उपमेयर श्रेष्ठले भन्नुभयो । स्थानीयले गरेको काममा सहयोग पु¥याउने हेतुले प्रदेश तथा संघले स्थानीय निकायलाई विशेष अधिकार दिनुपर्ने बताउनुहुँदै उहाँले केन्द्र तथा प्रदेशले एकलरुपमा स्थानीय तवरमा कार्य नगरीकन स्थानीय तवरबाट कार्य सम्पादन गर्न अुनरोध गर्नुभयो ।

‘पर्यटनको अलावा युवाहरुको अधिकमात्रामा विदेश पलायनलाई रोक्न भरपुरमात्रामा देशमा उद्योग सञ्चालन गरी रोजगारीको अवसर प्रदान गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

पनौतीका उपमेयर गीता बञ्जाराले आफ्नो मन्तव्यका क्रममा पनौती नगरपालिकाले पनि जात्रा–पर्व, संस्कृत–सम्पदा प्रवद्र्धन तथा संरक्षणको कार्यमा विशेष व्यवस्थापन गरिरहेको बताउनुभयो । आफ्नो कार्यकालमा विशेष गरी पनौतीका संस्कृति, मूर्त तथा अमूर्त सम्पदा जगेर्ना गर्नमा जोड दिएको बताउनुभयो । ह्युमत मिसा पुचःको यो सह्रानीय कार्यकोको प्रशंसा गर्नुहुँदै उहाँले एकमुष्ट रुपमा कामपा १२ वडालाई नै धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्तब्यकैक्रममा काठमाडौं लाय्कू कुमारीका चिताइदार एवं इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गोतम शाक्यले नेपाल एक पर्यटकीय देश भएकोले यहाँ घुम्न आउने अधिकांश पर्यटकहरुले जीवित कुमारीको दर्शन गर्न आउने बताउनुभयो । यहाँको पहिचान भनेको गुथी, परम्परा, संस्कृति हो । यसमा ह्युमत मिसा पुचःले काठमाडौं बाहिर पनि कुमारी प्रथा रहेको भन्ने प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यस्ता गुथि, गरगहणा, धर्म, संस्कृति, परम्परा, प्रथा देशको धरोहर भएको बताउनुहुँदै यसको थप रक्षार्थ अहिले मेयर र उपमेयर फेरी एकपटक दोहरीनु पर्नेमा जोड दिनुभयो ।

२०७० सालमा आयोजित पहिलो कुमारी पूजाका संयोजक रत्नकाजी महर्जनले कुमारी पूजापश्चात विभिन्न स्थानमा रहेको जीवित कुमारीको संरक्षण, प्रवद्र्धन तथा भरण पाषणमा स्थानीय निकायको ध्यान केन्द्रीत भएको बताउनुभयो । यसकै माध्यमबाट उपत्यका विभिन्न कुमारीको देश तथा विदेशमा प्रचार प्रसार भएको अनुभव सुनाउनुभयो ।

मन्तव्यकै क्रममा दोस्रो कुमारी पूजा २०७३ का संयोजक एवं १२ वडा अध्यक्ष विकास डंगोलले ह्युमत मिसा पुचः स्थापनाकालदेखि नै क्रियाशील रहेको बताउनुहुँदै जीवित कुमारी पूजाले यो समितिको थप छुट्टै पहिचान हासिल गरेको भन्नुभयो । २५÷३० वटा गाडीमा भक्तजनहरु समूहले उपत्यकाभरीका जीवित कुमारीको पूजाले कतिपय स्थानमा लोप भइसकेको कुमारी प्रथा व्यूँताउन सफल भएको भन्नुभयो ।

स्वागत मन्तब्यकाक्रममा ह्युमत मिसा पुचःका सचिव नानिमैया महर्जनले उपत्यकाका विभिन्न स्थानमा विराजमान जीवित कुमारीको पहिलोपटक २०७० सालमा पूजा कार्यक्रम गरेको बताउनु भयो । त्यसपछि २०७३ सालमा दोस्रोपटक र २०७६÷७७ सालमा तस्रोपटक बृहत पूजा गरेको बताउनुभयो ।

कार्यक्रममा जीवित कुमारीको पूजामा सम्पन्न गर्नमा विशेष सहयोग गर्नुहुने महानुभावहरुलाई कडर स्वरुप उपमेयरबाट खाडा तथा मेयरबाट प्रमाणपत्र हस्तान्तर गरेका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका सम्पदा, संस्कृति एवं पर्यटनका संयोजक १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन, २१ वडा अध्यक्ष उदयचुडामणी बज्राचार्यलगायतका विशेष उपस्थिति रहको थियो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता