मेट्रो संवाददाता
१८ फागुन २०७८ २०:५२

काठमाडौं महानगरपालिकाले सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई १ थान र स्तुपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तुपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो । स्तुपा समुदायिक काठमाडौं महानगरपालिका वडा ६ स्थित सञ्चालमा छ ।

सम्झाैतामा अस्पतालकाे क्षमता बृद्धि गरी बिरामीहरूकाे सहज र सुलभ उपचारार्थ विभिन्न राेगहरूकाे कारण गम्भिर विरामीहरूकाे उपचारमा अति आवश्यक भेन्टिलेटर निःशुक्ल उपलब्ध गराएकाे र काठमाडाैं महानगरपालिकाकाे सहयाेग भन्ने व्यहाेरा उल्लेख हुने पर्ने जनाइएकाे छ ।

शाक्यले सम्झाैता पत्रमा हस्ताक्षर पश्चात मन्तब्य राख्नेक्रममा भन्नुभयो, ‘हामीले महानगरबासीको मात्र होइन । महानगर आउने सबै जनताको स्वास्थ्य र शिक्षा जिम्मा लिएका छौँ । यहाँ उपचार र शिक्षाका लागि आउने कसैले फर्कनु नपरोस् भनेर ती क्षेत्रमा क्षमता बढाउने काम गरेका छौँ ।’

‘हामीले काठमाडौँ जिल्लाका सबै नगरसँग नगर-नगर साझेदारी कार्यक्रम गरेका छौँ । ५ वटा प्रदेशका ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि १ करोड ५० लाख रुपैयाँका दरले सहयोग गरेका छौँ ’, शाक्यले बताउनुभयाे ।
‘भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरलाई सहयोग गरेका छौँ । यसपछि ललितपुर महानगर र गोदावरी नगरसँग साझेदारी गर्ने कार्यक्रमको विषयलाई अन्तिम रुप दिँदैछौँ ’, शाक्यले भन्नुभयाे ।
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सूर्यविनायक नगर अस्पताललाई महानगरले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज महसुस भएको बताउनुभयो ।

‘हामी संघ र प्रदेश सरकारको सहयोगमा १ सय वेडको अस्पताल बनाउने योजनामा छौँ । महानगरले भेन्टिलेटर दिएको छ । एचडीयु र आइसीयुका लागि सामाग्री र उपकरण प्राप्त भएपछि त्यस भेगबाट अत्यावश्यक सेवा लिने विरामीले अन्य अस्पताल जानु पर्दैन । यसबाट अन्य अस्पतालको चाप घट्नेछ’, मेयर थापाले भन्नुभयाे ।
कोविडका समयमा मात्र नभएर मानव जीवनमा स्वास्थ्य संकट परेका बेला भेन्टिलेटर नभइ हुँदेन भन्नुहुँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले सरकारी र सामुदायिक अस्पतालहरुको क्षमता बढाउन सहयोग गरेका छौँ ।’

‘कोविडका बेला विकासका काम रोकेर पनि स्वास्थ्य सुरक्षाका लागि काम गर्यौँ ’, उहाँले भन्नुभयाे, ‘विकास निर्माणका बजेट कटाैति गरेर स्वास्थ्यमा लगानी गरेका छाैं, आवश्यकता र मागका आधारमा सहयोग बढाउन सकिन्छ ।’
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


