मेट्रो संवाददाता
१५ माघ २०७८ १८:००
सांस्कृतिक परम्परालाई दिगो बनाउन सरकारकातर्फबाट काठमाडौँ महानगरको सहयोग — मेयर शाक्य

काठमाडौँ महानगर वडा २७ बेखालाछी मार्गमा पिलातुं (त्यः र) गुठी घर निर्माण कार्य शुभारम्भ भएका छ । शनिबार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले उक्त गुठी घर शिलान्यास गर्नुभएको हो ।
भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको छ । सम्पदा तथा पर्यटन विभागले भवन निर्माणका लागि गएको पुस २८ गते कार्यादेश दिइसकेको छ । यसको निर्माण आउँदो पुस मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले सम्पदा बचाउन महानगरले लगानीमा वृद्धि गरेको धारणा राख्नुहुँदै भन्नुभयाे, ‘सम्पदा बचाउन महानगरले राज्यकातर्फबाट पैसा दिएका छौँ । यो खर्च होइन । लगानी हो । किनभने यी सम्पदालाई पर्यटन जोडेपछि पैसा फिर्ता आउन थाल्छ । हामीले सम्पदालाई पर्यटनसँग जोडेर व्यापारमार्फत स्थानीयबासीको आय बढाउन लगानी गरेका हौँ ।’
‘हाम्रो लगानीबाट मूर्त अमूर्त सांस्कृतिक गतिविधिहरुका विचमा सम्बन्ध बढ्ने र परम्परागत चालचलन पुस्तान्तरणमा सहयोग हुने अपेक्षा गरेका छौँ ।’ मेयर शाक्यले भन्नुभयाे, ‘स्थानीय तह जनप्रतिनिधिविहिन हुने अवस्थामा पुग्ने छैनन्, यसमा सरकारले सही समयमा निर्णय लिनेछ भन्ने मलाई विश्वाश छ ।’
महानगरले भाषा, लिपी, संस्कार र संस्कृतिको निरन्तरतामा काम गर्दै आएको छ । कार्यक्रममा उपमेयर, खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले थालेको काम पछि आउने जनप्रतिनिधिहरुले पनि नियमित गर्नुहुनेमा हाम्रो विश्वाश छ । किनभने हामीले समुदायको हित हुने निर्णय गरेका छौँ । नीति बनाएका छौँ । बजेट राखेर कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । यसरी स्थानीय सरकारको दायित्व पूरा गर्दा गर्दै असल परिणाम आउन थालिसकेका छन् ।’
सम्पदाको बचावट हाम्रा नियमित काम र जिम्मेवारी हुन् । कार्यक्रममा वडाध्यक्षहरु चिनियाँमान बज्राचार्य र न्हुच्छेकाजी महर्जनको एउटै धारणा थियो । भित्री वडामा ढल निकास, सडक र तार व्यवस्थापन, खानेपानी वितरण, विपद व्यवस्थापनजस्ता समान प्रकृतिका काम छन् । यी कामसँगै स्थानीय परम्परागत जीवनसँग जोडिएका भौतिक अभौतिक सम्पदा बचाउनमा हामी दृढ छौँ । उहाँहरुको भनाइ थियो ।
आफ्नै भवन नभएपछि परम्परा धान्न कठिन थियो । महानगरको सहयोगबाट भवन निर्माण हुने भएको छ । यो हाम्रा लागि खुशीको क्षण हो । त्यस अवसरमा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण महर्जनले, महानगरको प्रशंशा गर्नुभयो ।
महर्जनकाअनुसार उपभोक्ता समितिले जग्गा खरिद गरेर भवन निर्माणका लागि महानगरसँग माग गरेको थियो ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु चिनियाँमान बज्राचार्य, न्हुन्छेकाजी महर्जनसहित जनप्रतिनिधि र गुठीयारहरु सहभागी हुनुहुन्थ्यो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


