काठमाडौँ । वर्षायाम सुरु भएसँगै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा सहरी बाढी र डुबानको समस्या दोहोरिन थालेको छ। विज्ञहरूले बागमती नदी तथा सहायक खोलाको बहाव क्षेत्र अतिक्रमण, अव्यवस्थित सहरीकरण र खेतीयोग्य जमिन मासिँदै जानुलाई यसको मुख्य कारण बताएका छन्।
भारी वर्षापछि बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा र गोदावरी आसपासका बस्ती तथा माइतीघरसहितका क्षेत्र डुबानमा परेका छन्। वर्षाको पानी जमिनले सोस्न नसकी सिधै खोलामा मिसिँदा सडक र बस्ती जलमग्न हुने अवस्था बनेको विज्ञहरूको भनाइ छ।
जलस्रोतविज्ञ दीपक ज्ञवालीले खोला नै छोपेर संरचना निर्माण गर्नु र बहाव क्षेत्र साँघुरो बनाइनुले बाढीको जोखिम बढाएको बताए। उनका अनुसार पानी जमिनमा सोसिने प्राकृतिक प्रणाली नष्ट हुँदा सहरी बाढी झन् गम्भीर बन्दै गएको हो।
यता, २०८१ सालको भीषण बाढीपछि चोभार गल्छीमा थुप्रिएको ढुङ्गा, बालुवा र गेग्रान अझै पूर्ण रूपमा हट्न सकेको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर गेग्रान हटाउने तयारी भइरहेको जनाएको छ। स्थानीय जनप्रतिनिधिले पनि स्थलगत अध्ययनपछि आवश्यक निर्णय लिने बताएका छन्।
Latest News
दरबारमार्गमा ‘उत्सव : इन द रिदम अफ द जात्रा’ चित्रकला प्रदर्शनी सुरु
🎨 दरबारमार्गमा सुरु भयो ‘उत्सव : इन द रिदम अफ द जात्रा’ चित्रकला प्रदर्शनी काठमाडौँ उपत्यकाका ऐतिहासिक बस्ती, जात्रा, धिमे...
८ साउन २०८३ २०:२८ |मेट्रो संवाददाता
टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी
♻️ टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा आउने काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने...
८ साउन २०८३ १२:३० |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
दुई लाखभन्दा बढी अनलाइन बेटिङ एप र वेबसाइट बन्द
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा...


