काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ।
गुरु पूर्णिमाको अवसरमा हुने कार्यक्रममा काठमाडौँका विभिन्न महाविहार तथा बहाः–बहीःबाट ८५ जना शाक्य स्थवीर, थायपा, दीपंकर तथागत बुद्ध तथा जीवित देवता श्रीगणेश र श्रीभैरवलाई विराजमान गराई पञ्चदान अर्पण गरिने आयोजकले जनाएको छ।
कार्यक्रम बिहान ७ बजे दीपंकर बुद्धको आसन ग्रहणबाट सुरु हुनेछ। बिहान ९ देखि ११ बजेसम्म पञ्चदान अर्पण गरिनेछ भने दिउँसो १२:३० बजे महाबौद्धबाट सुरु हुने शोभायात्रा असन, त्योड, इनबहाल, कमलाक्षी, भोटाहिटी हुँदै असन डबली पुग्नेछ। त्यसपछि पूजा कार्यक्रम साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्यक महादान परम्परागत रूपमा स्वयम्भू क्षेत्रमा आयोजना हुँदै आएको छ। पछिल्लोपटक २०६० सालमा सम्पन्न भएको यो महादान त्यसयता हुन सकेको छैन। यस वर्ष उक्त परम्पराको स्मरणस्वरूप दीपंकर बुद्धको शोभायात्रा र पञ्चदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


