उज्यालोको पर्व तिहार आजदेखि सुरु

उज्यालोको पर्व तिहार आजदेखि सुरु

मेट्रो संवाददाता

१ कार्तिक २०८२ १०:५७

उज्यालो र सौहार्दको प्रतीक पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान मनाइँदैछ । काग तिहार भने आइतबार परेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज बेलुकी यमदीपदान सुरु गरी भाइटीका (कात्तिक ६ गते) सम्म निरन्तर गरिन्छ । यमदीपदानले यमलोकको पीडाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

यस वर्ष सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । बुधबार गाईगोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा तथा नयाँ वर्ष नेपाल संवत् ११४६ मनाइनेछ । भाइटीका भने बिहीबार, कात्तिक ६ गते बिहान ११:३९ बजे शुभ साइतमा लगाइने समितिले जनाएको छ ।

तिहार नजिकिँदै गर्दा देशभरका सहरहरू झिलिमिली बत्तीले उज्यालिएका छन् । काठमाडौं उपत्यका दीपावलीको रौनकमा रमाउन थालेको छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य र सुरक्षित तरिकाले पर्व मनाउन सबैलाई आह्वान गरेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता