खड्ग जात्रा: पशुपति क्षेत्रको सांस्कृतिक चेतना र सामाजिक एकताको जीवित प्रतीक

खड्ग जात्रा: पशुपति क्षेत्रको सांस्कृतिक चेतना र सामाजिक एकताको जीवित प्रतीक

अर्बिन्द्र मान सिँह

२८ साउन २०८२ १४:१६

भाद्र कृष्ण द्वितीयादेखि मनाइने यो जात्रा असुरमाथिको विजयको स्मृति हो, जसले धार्मिक आस्था र सामाजिक सहिष्णुताको सन्देश फैलाउँछ।

नेपालको सांस्कृतिक विविधता र धार्मिक परम्पराले जनजीवनलाई गहिरो अर्थ दिएको छ। काठमाडौं उपत्यकाको हृदयस्थलमा अवस्थित पशुपति क्षेत्र—ग्वलः—नेपाली धार्मिक र सांस्कृतिक सम्पदाको एक जीवित संग्रहालय हो। यहाँ वर्षभरि मनाइने ३२ भन्दा बढी जात्राहरूले नेपाली समाजमा आस्था, पहिचान र एकताको गहिरो सन्देश फैलाउँछन्। तीमध्ये खड्ग जात्रा एक विशिष्ट र ऐतिहासिक महत्व बोकेको जात्रा हो।

ऐतिहासिक पृष्ठभूमि

पशुपति क्षेत्र किरातकालदेखि नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक समुदायहरूको साझा थलो रहँदै आएको छ। लिच्छवि, मल्ल, शाहकाल हुँदै आधुनिक युगसम्म यस क्षेत्रले आफ्नो सांस्कृतिक निरन्तरतालाई जोगाउँदै आएको छ। नवालीटोल, दथुटोल, करेटोल, ज्यूनाटोल, चावहिलजस्ता पुराना बस्तीहरूमा शिवलिङ्ग, मूर्ति र धार्मिक संरचनाहरूले यहाँको ऐतिहासिक गहिराइलाई उजागर गर्छन्। विक्रम संवतको उन्नाइसौँ शताब्दीदेखि व्यक्तिगत घरहरू र धार्मिक संरचनाहरूको अस्तित्व रहेको यस क्षेत्रको सामाजिक–सांस्कृतिक विकासले पशुपतिलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण बनाएको छ।

यस क्षेत्रको विकास र व्यवस्थापनको जिम्मेवारी हाल पशुपति क्षेत्र विकास कोष र गुरु योजनाले सम्हालेको छ। प्राचीन समयमा यहाँ गोश्वारा, गुठी, द्वारे, भण्डारी जस्ता जाति तथा पेशागत समूहहरूले विविध भूमिकामा सेवा दिँदै आए। आधुनिक युगमा यी सबै समायोजन भई व्यवस्थापन र संरक्षणमा समर्पित संस्था निर्माण गरिएको छ।

खड्ग जात्राको उत्पत्ति र धार्मिक महत्व

खड्ग जात्रा भाद्र कृष्ण द्वितीयादेखि सुरु हुने परम्परा हो, जसले युद्धमा असुरमाथिको विजयको स्मृति र सम्मान गर्दछ। जनविश्वास अनुसार युद्धकालीन समयमा महिलालाई मार्न नहुने नियमका कारण बाँचेका पुरुषहरू महिलाको भेषमा युद्ध जितेका थिए। त्यसैबाट प्रेरित यो जात्रामा युवाहरू महिलाको पोशाकमा भेष लगाएर युद्ध विजयोत्सव प्रस्तुत गर्छन्।

स्थानीय जलद वैद्यका अनुसार खड्ग जात्रालाई महिलाको भेषमा युद्ध जितेको प्रतीकका रूपमा व्याख्या गरिएकाे छ ।  यस जात्राले धार्मिक मात्र होइन, सामाजिक ऐक्यबद्धता र सामूहिक विजयको भाव व्यक्त गर्दछ।

जात्राको संरचना र परम्परा

पशुपति क्षेत्रमा खड्ग जात्रा दुई मुख्य टोलबाट निस्कन्छ—नवाली टोल र भुवनेश्वरी टोल (पहिला दथुटाेलबाट निकालिन्थ्याे)।  नवाली टोलबाट निकालिएको गड्ग जात्रा जयबागेश्वरी हुँदै पशुपति क्षेत्रको परिक्रमा गरेर पुनः नवालीमा विसर्जन गरिन्छ भने भुवनेश्वरी टोलबाट निस्किएको जात्रा जयबागेश्वरी हुँदै नवाली टोलको ताम्रेश्वर महादेवको परिक्रमा गरी जयबागेश्वरी दथु टाेलहुँदै पशुपतिनाथको प्रदक्षिणा गरेर भुवनेश्वरीमा विसर्जन गरिन्छ। यस परम्पराले क्षेत्रीय सहकार्य र धार्मिक समन्वयको प्रतिफल प्रस्तुत गर्दछ।

जात्रामा करिब ३०–३२ जना स्थानीय युवकहरू हातमा खड्ग लिएर बाजाको तालमा नाच्ने परम्परा छ। लाखे नाचले जात्रालाई श्रृंगार, करूण, राैद्र, वीर र भयानक रसले भरिएको बनाउँछ। जात्रामा सहभागीहरूले वर्षभरि गुमाएका आफन्त वा भोगेका पीडाहरूलाई विभिन्न प्रकारका लुगाहरू आफ्नो शरीरमा झुण्ड्याएर व्यक्त गर्ने चलन छ। यसरी महिलाको भेषमा लुगा लगाएर आफ्नो भावनात्मक पीडा र सामाजिक दु:खलाई सार्वजनिक रूपमा व्यक्त गरिन्छ। यसले जात्रालाई व्यक्तिगत भावनाको सामाजिक अभिव्यक्तिमा रूपान्तरण गरेको हुन्छ।

स्थानीय जलद वैद्यका अनुसार, जात्रामा सहभागी युवाहरूले महिलाको भेषमा हुनका लागि परम्परागत रूपमा गुन्युचोली ६ वटा र सारी १८ वटा लगाउने चलन छ। यसरी शारीरिक रूपमा महिलाको पहिरन लगाएर उनीहरूले युद्ध विजयोत्सव र सांस्कृतिक विरासतलाई जीवन्त राख्दछन्।

सामाजिक र धार्मिक महत्व

खड्ग जात्रा नेपाली समाजमा धार्मिक आस्था, सामाजिक सहिष्णुता र समावेशीताको सन्देश फैलाउने महत्त्वपूर्ण माध्यम हो। हिन्दू र बौद्ध धर्मका समुदायहरूले आ–आफ्ना परम्पराहरूलाई संरक्षण गर्दै यस जात्रामा सहभागिता जनाउँछन्। जात्रामा भाग लिन सबैका लागि खुला अवसर राखिएको छ, जसले जात्रा र संस्कृतिलाई समावेशी बनाएको छ।

पशुपति क्षेत्रका विभिन्न जाति र समुदायका सांस्कृतिक अभिव्यक्तिहरू एकै ठाउँमा भेटिने र सहअस्तित्वको उदाहरण प्रस्तुत गर्ने यो जात्रा नेपाली सांस्कृतिक एकताको प्रतिबिम्ब हो। यो न केवल धार्मिक अनुष्ठान हो, बरु सांस्कृतिक चेतना र सामाजिक मेलमिलापको माध्यम पनि हो।

वर्तमान चुनौती र संरक्षणका उपायहरू

शहरीकरण, पर्यटकहरूको भीडभाड, प्रदूषण र संरचनागत क्षतिले पशुपति क्षेत्रको सांस्कृतिक सम्पदामा गम्भीर चुनौतीहरू निम्त्याएको छ। मूर्तिहरू र शिवलिङ्गहरूमा धूलो जम्नु, प्रदूषित वातावरण र व्यवस्थापनमा कमजोरीले धार्मिक र सांस्कृतिक स्थलहरूको सुरक्षा जोखिममा परेको छ।

पशुपति क्षेत्र विकास कोष र गुरु योजनाले संरक्षण, व्यवस्थापन र विकासमा सक्रिय पहलकाे आवश्यकता देखिन्छ । आधुनिक प्रविधिको प्रयोग गरी दुर्घटनारहित, प्रदूषणरहित र व्यवस्थित जात्रा आयोजना गर्नुपर्ने आवश्यकता बढेको छ। काेषले पर्यावरणमैत्री उपायहरू अवलम्बन गर्दै परम्परागत सांस्कृतिक मूल्य र ऐतिहासिक महत्वलाई सम्मान गर्दै आधुनिक युगका आवश्यकतासँग मेल खाने कार्यक्रमहरू सञ्चालनमा ल्याउनुपर्छ।

निष्कर्ष

पशुपति क्षेत्रको खड्ग जात्रा केवल धार्मिक अनुष्ठान नभई नेपाली सांस्कृतिक विविधता, ऐतिहासिक स्मृति र सामाजिक एकताको जीवित प्रतीक हो। यसले पुराना पीडालाई साझा गर्दै समुदायमा नयाँ ऊर्जा, उत्साह र सहिष्णुताको सन्देश फैलाउँछ। यसको संरक्षण मात्र होइन, यसको सन्देशलाई भावी पुस्तासम्म पु¥याउन आवश्यक छ।

पशुपति क्षेत्र विकास कोष र गुरु योजनाले यी चुनौतीहरूको सामना गर्दै यस सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा निरन्तर काम गर्नुपर्छ। यसले नेपालकाे सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउनेछ र नयाँ पुस्तालाई आफ्नो इतिहास र धर्मप्रति गर्व गर्ने अवसर प्रदान गर्नेछ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता