काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको छ।
१६ सदस्यीय टोलीले जुलाई १५ मा थाइल्याण्ड प्रस्थान गरी जुलाई २० मा नेपाल फर्किएको हो। विश्वका ५० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी रहेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेको टोलीले Teens Division र Mega Crew Division मा प्रथम तथा Junior Team Division मा द्वितीय स्थान हासिल गरेको जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुतिका साथै टोलीले Best Outfit र Best Choreography उपाधिसमेत जित्न सफल भएको छ। यसका अतिरिक्त विभिन्न देशका कलाकारहरूसँग सांस्कृतिक तथा नृत्य अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्दै टोलीले एकल तथा समूह विधामा समेत उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
कडा प्रतिस्पर्धा, लामो तयारी र निरन्तर अभ्यासपछि प्राप्त यस उपलब्धिलाई नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नेपाल डान्स एकेडेमीले यस सफलताका लागि प्रशिक्षक, अभिभावक, शिक्षक, शुभेच्छुक तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
सन् २०२० मा सिना महर्जन र रोहिया महर्जन द्वारा स्थापित नेपाल डान्स एकेडेमी नेपालका अग्रणी तथा लोकप्रिय नृत्य संस्थामध्ये एक हो। यसअघि सन् २०२५ मा दुबईमा सम्पन्न World Supremacy Battleground मा एनडीए जुनियर टोलीले शीर्ष पाँच स्थान हासिल गरेको थियो भने World of Dance Nepal Season–2 मा द्वितीय स्थान प्राप्त गरेको थियो।
यस वर्षको प्रतियोगितामा सहभागी हुने सदस्यहरूमा अतित रौपाने, त्रिनव महर्जन, फिन्जु तामाङ, संयम गुरुङ, प्रयास तामाङ, एफ्राई लामा, वज्रजला महर्जन, बिमिशा डंगोल, मायरा प्रजापति, समायरा शाक्य गुरुङ, ओभिया महर्जन, शालिन श्रेष्ठ, मानकी तामाङ, रितिका मानन्धर, सुयश कनौजिया र रूपी शाही रहेका थिए।
टोलीको कोरियोग्राफी श्रीष्टि महर्जन, स्वस्तिक आर्याल र सरोज मोक्तान ले गरेका थिए भने सम्पूर्ण टोलीको नेतृत्व रोहिया महर्जन र श्रीष्टि महर्जन ले गरेका थिए।
नेपाल डान्स एकेडेमीले आगामी दिनमा पनि नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्दै नेपालको कला, संस्कृति र सिर्जनशीलतालाई विश्वसामु चिनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
RECOMENDED News
Latest News
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...




