शितला माविमा ‘लालुपाते ड्रप छात्रवृत्ति कोष’ स्थापना

शितला माविमा ‘लालुपाते ड्रप छात्रवृत्ति कोष’ स्थापना

मेट्रो संवाददाता

७ चैत २०८१ ९:१५

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठलाई एक लाख पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो।

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित शितला माध्यमिक विद्यालयमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहायता पुर्याउने उद्देश्यले ‘लालुपाते ड्रप छात्रवृत्ति कोष’ स्थापना गरिएको छ।

समाजसेवी प्रतिभा रिजालको पहलमा तथा पूर्वप्रधानाध्यापक दिवाकर दुरदर्शी (शिवपुरी मावि) र रामजी गौतम (रानीवारी मावि) को सहकार्यमा सो कोष स्थापना गरिएको हो। जापानी नागरिक स्वर्गीय ओनाका युकारीको आर्थिक सहयोगमा कोषमा ३ गुणा रकम थप गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ।

२०७८ चैत ७ गते आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठलाई एक लाख पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।

सो अवसरमा समाजसेवी प्रतिभा रिजालले कोष स्थापनाले आफ्नो लामो समयदेखिको इच्छा पूरा भएको बताइन्। पूर्वप्रधानाध्यापक दिवाकर दुरदर्शी र रामजी गौतमले आर्थिक अभावका कारण रोकिएका विद्यार्थीको पढाइलाई निरन्तरता दिन कोषले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारीले कोषलाई अक्षय कोषका रूपमा विकास गर्दै उचित व्यवस्थापन गरिने विश्वास दिलाए। प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कोषले सहयोग पुर्याउने धारणा व्यक्त गरे।

त्यसैगरी, शिक्षक–अभिभावक संघका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जगदिश श्रेष्ठ बलामीले कोषमा थप रकम योगदान गर्ने प्रतिबद्धता जनाए। प्राथमिक तह इन्चार्ज तथा कृष्ण मन्दिर आधारभूत विद्यालयकी पूर्वप्रधानाध्यापक देबु कुमारी शर्माले विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, स्टेशनरी र न्यानो कपडा उपलब्ध गराएकोमा आयोजकहरूलाई धन्यवाद दिइन्।

कार्यक्रमको समापन गर्दै विद्यालयका पूर्वप्रधानाध्यापक तथा व्यवस्थापन समितिका सदस्य शुक्रलाल श्रेष्ठले कोषलाई थप मजबुत बनाउन आफ्नै तर्फबाट समेत रकम संकलन गर्ने प्रतिबद्धता जनाए।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता