वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

मेट्रो संवाददाता

६ कार्तिक २०८२ २०:४०

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ ।

अञ्जली मास्केले २७औँ वर्षदेखि निरन्तर रूपमा सामूहिक भाइटीका लगाउँदै आएकी छन् । उहाँले यस वर्ष २०८ दाजुभाइलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै टीका लगाइदिनुभएको जानकारी दिइएको छ ।

दिदीबहिनी नभएका दाजुभाइलाई जातपात नहेरी टीका लगाउने परम्परा २०५५ सालदेखि सुरु भएको बताइएको छ । संस्कृतिको संरक्षण र आपसी सद्भावको सन्देश फैलाउन मास्केले यो कार्य निरन्तर रूपमा गर्दै आएकी छन् ।

२०७१ सालसम्म काष्ठमण्डपमा सामूहिक टीका कार्यक्रम सञ्चालन भए पनि २०७२ सालको भूकम्पपछि त्यस ठाउँ भत्किएपछि उहाँले मरुसत्तलमा टीका लगाउन थालेको जानकारी दिइएको छ ।

काष्ठमण्डप पुनःनिर्माण पूरा भए पनि विवादका कारण नखुलेपछि हालसम्म पनि मास्केले मरुसत्तलमै भाइटीका कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता