मेट्रो संवाददाता
६ कार्तिक २०८२ १०:३१
काठमाडौं । यमपञ्चकको मुख्य दिन भाइटीका आज देशभर दिदीबहिनी र दाजुभाइबीच श्रद्धा, स्नेह र आस्थाका साथ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिइरहेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथि वृद्धि भएपछि यस वर्ष भाइटीका तिहारको छैटौँ दिन परेको हो । बिहान ११ः३९ बजे अभिजित् मुहूर्त टीकाको उत्तम साइत मानिएको छ ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइने दाजुभाइ पश्चिम फर्कनुपर्ने शास्त्रीय मान्यता छ । यसो गर्दा तुला राशिमा रहेका चन्द्रमा सम्मुख पर्ने र शुभ हुने विश्वास गरिएको छ ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार तिहारमा टीकाको पाँच रङ — रातो, सेतो, पहेँलो, हरियो र नीलो — शास्त्रीय रूपमा उल्लेख छन् । टीकापछि दिदीबहिनीले ओखर, मसला र सेलरोटी दिई स्नेह प्रकट गर्छन् भने दाजुभाइले सौभाग्यका प्रतीक कपडा र दक्षिणा अर्पण गर्छन् ।
दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक खुलाइएको छ । यहाँ टीका लगाउने र दर्शन गर्ने परम्परा पुरानो छ । त्यस्तै, जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्ता भक्तजनको भीड लाग्ने गर्छ ।
नेवार समुदायले भने भाइटीकाको दिनलाई ‘किजापूजा’का रूपमा मनाउँछन् । भक्तपुरका केही नेवार समुदायले बुधबार नै किजापूजा सम्पन्न गरेका छन् ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


