६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

मेट्रो संवाददाता

५ असोज २०८३ २०:३५

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीका ७९ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार गोर्खा सहकारीका २५, गौतमश्रीका ६, शिव शिखरका १३, आइडियल यमुनाका ३, ओरियन्टल को–अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको समितिले जनाएको छ। पहिलो चरणमा थोरै रकम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो।

समितिका अनुसार बचतकर्तालाई रकमको आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनअनुसार निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता