त्रिभुवन विमानस्थलमा ५.७ किलो सुनसहित तीन विदेशी पक्राउ

त्रिभुवन विमानस्थलमा ५.७ किलो सुनसहित तीन विदेशी पक्राउ

मेट्रो संवाददाता

२१ कार्तिक २०८१ ९:५०

काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७०० ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मार्फत सारजाहबाट काठमाडौं आएका तीन व्यक्तिलाई सुनसहित नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पक्राउ परेकाहरूमा चिनियाँ नागरिक झियानझोङ र म्यानमारका नागरिक साट नेइङ टुन र एइ एनगोन फू रहेका छन्। विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्दा उनीहरूको लगेजमा १२ थान स्पीकर भित्र करिब ५ किलो ७ सय ग्राम सुन फेला परेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियन्त्रणमा लिएका ती तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता