काठमाडौँ । नेपालभाषाको मौलिक नाट्य विधा ‘ख्यालः’ को संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मुनाः स संस्थाले आयोजना गर्न लागेको उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि ११ मध्ये ८ वटा नाटक छनोट भएका छन्।
नेपालभाषा मंकाः खलःको भवन, विजेश्वरीमा आयोजित कार्यक्रममा छनोट भएका टोलीलाई मनोनयन पत्र प्रदान गरिएको हो। प्रतियोगितामा छनोट भएका ‘विह्वलचियरं कुतुंवःम्ह नेवाः’, ‘स्वर्ग लोकय् ख्यालः च्वमितय् गन्थन’, ‘कयता तंम्ह नेवाः’, ‘इमर्जेन्सि सराद’, ‘थ्व छु जुगु ?’, ‘छन्त नं थथे याये यःला ?’, ‘धुकूया चुकू’ र ‘कयता मदुम्ह गनेद्यः’ आगामी भदौ २७ र २८ गते मञ्चन गरिनेछन्।
लिच्छविकालदेखि प्रचलित र मल्लकालमा सार्वजनिक रूपमा विकास भएको नेपालभाषाको ख्यालः परम्परालाई निरन्तरता दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा १५ देखि २५ मिनेट अवधिका मौलिक तथा यसअघि सार्वजनिक रूपमा मञ्चन नभएका नाटक मात्र सहभागी हुनेछन्।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका साथै उत्कृष्ट निर्देशक, नाटक, अभिनेता, अभिनेत्री र समूहलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


