टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी

टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी

मेट्रो संवाददाता

८ साउन २०८३ १२:३०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको फोहोर स्थानान्तरण केन्द्र आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मंसिरअघि नै केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइन्।

केन्द्रको अवलोकनपछि कार्यवाहक मेयर डंगोलले फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउन स्थानान्तरण केन्द्र निर्माण गरिएको बताइन्। उनका अनुसार हाल टेकु क्षेत्रमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेकाले दुर्गन्ध र प्रदूषण बढ्नुका साथै स्वास्थ्य जोखिमसमेत देखिएको छ।

नयाँ केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गरिनेछ। केन्द्रमा रहेको मेटेरियल रिकभरी फेसिलिटी (एमआरएफ) मार्फत जैविक र अजैविक फोहोर छुट्याइने महानगरले जनाएको छ।

अजैविक फोहोर पुनः प्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई कम्पोस्ट मल उत्पादन गर्ने योजनासमेत महानगरले अघि सारेको छ। जैविक फोहोरबाट मल उत्पादन गर्न सके बञ्चरेडाँडा जाने फोहोरको मात्रा घट्ने कार्यवाहक मेयर डंगोलले बताइन्।

उनले केन्द्र सञ्चालनमा आएपछि टेकु क्षेत्रमा फोहोर थुप्रिने समस्या कम हुने विश्वास व्यक्त गरिन्। वर्षायाममा फोहोरका कारण हुने दुर्गन्ध र अव्यवस्थालाई समेत यसले नियन्त्रण गर्ने महानगरको अपेक्षा छ।

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता

टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी

♻️ टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा आउने काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने...

८ साउन २०८३ १२:३० |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता