नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत् ११४७ कछलाथ्व दशमीका दिन शंखधर साख्वाः दिवस मनाइएको छ।
नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं. १८ कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा वडा कमिटीका अध्यक्ष न्हुछेकाजी महर्जनले सभापतित्व गर्नुभएको थियो। नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै काठमाडौं जिल्ला सदस्य तथा १८ वडा पार्टी कमिटी इञ्चार्ज एवं कामपा १८ वडा अध्यक्ष न्हुछेकाजी महर्जनले वडा नं. १८ मा भइरहेका विकास निर्माण तथा अन्य गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँले वडा भित्रका युवाहरूलाइ स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिमहरू दिइ स्वदेशमै रहनको लागि जोद दिनुभयो । साथै, मूर्त अमूर्त सम्पदाहरूको पुनःनिर्माण, संरक्षण, सम्बर्ध्दनमा जोद दिंदै पुस्तान्तरणको लागि पहल गरिरहेको पनि जानकारी गराउनुभयो । यसरी, उहाँले स्थानीय तहमा भइरहेका कामको जानकारीका साथै स्थानीय राजनीतिमा नेकपा एमालेको आवश्यकता र भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःले नेपाली समाजमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे विचार व्यक्त गरिएको थियो। नेकपा एमालेले शंखधर साख्वाःले प्रवर्तन गर्नुभएको नेपाल संवतलाइ राष्ट्रिय संवत घोषणा गर्न र साख्वाःलाइ राष्ट्रिय विभूति घोषणा गराउन नेतृत्व लिइरहनु भएका मानवअधिकारवादी पद्मरत्न तुलाधरको पहलकदमीलाइ पार्टीले गरेका आवश्यक सहयोग बारे चर्चा गर्नुभयो । साथै, नेपाल संवत् नेपालको मौलिक संवत् तथा राष्ट्रिय पहिचानसँग जोडिएको विषय भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा राजधानी प्रदेश कमिटीका सदस्यहरू श्याम घिमिरे र कृष्णकुमार अर्याल, सल्लाहकार परिषद्का सदस्य कविन्द्र शेखर रिमाल, केन्द्रीय निर्वाचन आयोगकी सदस्य रचना शर्मा, निर्वाचन क्षेत्र समन्वय कमिटी–७ का संयोजक प्रेमलाल श्रेष्ठ र सचिव बलराम दहाल तथा महानगर कमिटीका सचिव धनबहादुर तिमिला सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाःप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान गरिएको थियो।
1win recenze – bezpečnostní průvodce pro české hráče
Úvod a rychlý přehled 1win Registrace a první kroky Ověření identity (KYC) Bonusy a uvítací nabídky Platební metody a...
५ मंसिर २०८३ २:१९ |मेट्रो संवाददाता
राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस भव्यताका साथ मनाइयो
नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत् ११४७ कछलाथ्व दशमीका दिन शंखधर साख्वाः...
४ मंसिर २०८३ १६:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


