मेट्रो संवाददाता
२२ माघ २०७६ १८:५९
काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । काठमाडौं बुद्धनगरस्थित उक्त भवन निर्माणका लागि बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ३ करोड १ लाख ६९ हजारको सहयोगको चेक प्रदान गरेका हुन् ।
अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरमा रहेको धम्महलमा अयोजित चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि शाक्यले उक्त चेक संस्थाका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई हस्तान्तरण गरेका हुन् ।

महानगर प्रमुख शाक्यले काठमाडौं महानगरको प्रतिनिधि पात्र मात्र भएको र जनताको माग बमोजिम सहयोग गर्न पाएकोमा गौराम्भिव भएको बताए । महानगरपालिकाले भौतिक पूर्वाधार विकास, सम्पदा पुनर्निर्माणसँगै आफ्नो कार्यक्षेत्रभित्र सम्भावनाको प्रवद्र्धनको निम्ति काम गरिरहेको बताउँदै सामाजिक सांस्कृतिक र स्वास्थ्य क्षेत्रमा पनि कार्य अघि बढाएको बताए ।

२०४२ सालमा स्थापना भएको उक्त भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । उक्त केन्द्रले बौद्ध परियती शिक्षा अध्यापन गरिरहेको छ ।


कार्यक्रममा केन्द्रका अध्यक्ष प्रतीक रत्न ताम्राकारले स्वात मन्तब्य राख्ने क्रममा धर्मलाई जसले सेवा गर्छ, धर्मले उनको रक्षा गर्ने बुद्धबचन बाणी स्मरण गराए । शंखधरले ऋण तिरेर जनतालाई ऋण मोचन गरेको जस्तै धम्महल निर्माण कार्यमा नगरपालिकाले भावना केन्द्रको ऋण मोचन गरी पूण्य कार्य गरको बताए ।

कार्यक्रममा अतिथिका रुपमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन, २५ वडाका अध्यक्ष नीलकाजी शाक्य, १० वडाका कार्यबाहक अध्यक्ष सतीश तण्डुकार, सम्पदा विभागका प्रमुख रामबहादुर थापा लगायत भावना केन्द्रका पूर्व अध्यक्षहरु, बौद्धविद्वान तथा धेरै उपासक उपासिकाहरुको सहभागिता रहेको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


