‘स्वच्छ, सफा र हराभरा काठमाडौं’ अभियानलाई वडाले अहिले पनि निरन्तरता दिइरहेको
काठमाडौं – काठमाडौं महानगरपालिका–१८ ले पूर्वमेयर स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा तपिंताँ पार्कमा स्थापना गरेको छ।
गत शनिबार आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रतिमाको अनावरण गरिन्। कार्यक्रममा सिंहको स्मृतिमा एक मिनेट मौनधारण गर्नुका साथै प्रतिमामा पुष्पगुच्छा अर्पण गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सिंहका परिवारका सदस्य तथा स्थानीयवासीको उपस्थिति थियो।
करिब ९ लाख ३८ हजार रुपैयाँ लागतमा निर्माण गरिएको धातुको प्रतिमा मूर्तिकार श्याम तुलाधरले तयार गरेका हुन्।
प्रतिमा अनावरणपछि कार्यवाहक प्रमुख डंगोलले इतिहास मेटेर होइन, नयाँ पुस्तामा हस्तान्तरण गरेर संरक्षण गर्नुपर्ने बताइन्। सिंहले नागरिकलाई केन्द्रमा राखेर सेवा संस्कारको विकास गरेको उल्लेख गर्दै उनले उनका योजना र सोचले अहिले पनि महानगरको कामलाई मार्गदर्शन गरिरहेको बताइन्।
‘नागरिकलाई आफ्नो ठानेर सेवाको संस्कार बसाउने काम उनले गरे। त्यसैले उनी महानगरका पूर्वप्रमुख मात्र होइन, नागरिक र स्थानीय सरकारबीच सम्बन्ध जोड्ने सेतु पनि हुन्,’ डंगोलले भनिन्।
वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सिंहले प्रजातन्त्र र लोकतन्त्रका लागि व्यक्तिगत तथा पारिवारिक स्वार्थभन्दा माथि उठेर जीवन समर्पण गरेको बताए। उनले सिंहले सुरु गरेको ‘स्वच्छ, सफा र हराभरा काठमाडौं’ अभियानलाई वडाले अहिले पनि निरन्तरता दिइरहेको उल्लेख गरे।
वडा–११ का अध्यक्ष हीरालाल तण्डुकारले २०३५ सालमा मजदुर आन्दोलनका क्रममा पक्राउ पर्दा सिंहसँग पहिलो भेट भएको स्मरण गर्दै लोकतन्त्रप्रतिको उनको समर्पण र काठमाडौं निर्माणसम्बन्धी दूरदृष्टि अनुकरणीय रहेको बताए।
सिंहका भतिज डा. जेनिथ लाल सिंहले जीवनभर सानो–ठूलो र आफ्नो–पराइको भेदभाव नगरी निस्वार्थ सेवा गर्नु नै पीएल सिंहको सबैभन्दा ठूलो विशेषता भएको बताए। उनले आफू पनि त्यही आदर्श पछ्याउने प्रयास गरिरहेको उल्लेख गरे।
वडा–१८ ले आफ्नो क्षेत्रमा जन्मिएका वा बसोबास गरेर राजनीति, साहित्य, संगीत, सामाजिक सेवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानस्वरूप प्रतिमा स्थापना गर्दै आएको छ। यसअघि पुष्पलाल पार्कमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, पद्मरत्न तुलाधर र शंखधर साख्वाका प्रतिमा स्थापना गरिएका छन्। किलागलमा नारायण गोपाल, तुन्छे गल्लीमा चित्तधर हृदय र वडा कार्यालयमा चन्द्रानन्द नेवाको प्रतिमा पनि राखिएको छ।
वि.सं. १९९६ चैत ११ गते काठमाडौंको ताम्सिपाखामा जन्मिएका सिंह २०४९ सालको स्थानीय निर्वाचनबाट काठमाडौं नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएपछि उनी पहिलो महानगर प्रमुख बनेका थिए। स्थानीय निकायलाई निर्णय गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार सुनिश्चित गर्न उनले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ।
उनको २०८१ पुस १ गते निधन भएको थियो।
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


