कामपाबाट  निःशुल्क एम्बुलेन्स सेवा सुरू

कामपाबाट निःशुल्क एम्बुलेन्स सेवा सुरू

मेट्रो संवाददाता

१ वैशाख २०७७ २२:०९

नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले आजैदेखी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले देशव्यापी लकडाउन लागू गरेको विशेष परिस्थितिलाई ध्यानमा राखी एम्बुलेनस सेवा सञ्चालन गरेको हो ।

स्वास्थ्यमा समस्या भएका नगरवासीलाई लकडाउनको बेला अस्पताल जान आउन समस्यालाई ध्यानमा राखी कामपाबाट एम्बुलेन्सको सेवा सुचारु गरेको हो ।

काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपालको काठमाडौं जिल्ला कार्यसमितिसँग सहकार्य गरी सञ्चालनमा ल्याएको यो सेवा महानगरवासीले पुर्णतस् निशुल्क पाउने छन् ।


यो निःशुल्क सेवा महानगरको भौगौलिक सीमाभन्दा २ कि।मि। टाढासम्मको लागी हो । काठमाडौं महानगरको सीमाबाट दुई किमिभन्दा बढी दुरी जानुपरेमा बिरामीले आवश्यक शुल्क तिर्नु पर्ने प्रावधान राखिएको छ ।


यो सेवा सञ्चालन गर्न ५ वटा एम्बुलेन्स २४ सै घन्टा उपलब्ध हुने र सेवा दिए वापत एम्बुलेन्स सेवाले सेवाग्राहीसँग कुनै प्रकारको थप शुल्क लिने नपाइने व्यहोरा सम्झौतामा उल्लेख छ । यसको लागि सेवाग्राहीले कामपाको टोल फ्रि नं। ११८० मा सम्पर्क गरी यो सेवा लिन सकिनेछ ।


कोरोना भाइरसबाट संक्रमित विरामीका लागि महानगरपालिकाको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा–१०२ पहिल्यैदेखि सेवारत छ । १०२ का एम्बुलेन्सहरू हाल कोरोना भाइरस विरामीका लागि छुट्याइएकोले अन्य विरामीका लागि काठमाडौं महानगरपालिकाले यो थप सुविधा व्यवस्था गरेको हो । कामपाले संचालनमा ल्याएको यो नयाँ सेवाबाट हृदय रोगी, नियमित डायलसिस गर्नु पर्ने मधुमेहका बिरामी लगायतका अन्य बिरामी लाभान्वित हुने बिस्वास महानगरपालिकाले लिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाल लकडाउनका कारण काठमाडौं महानगरपालिका क्षेत्रमा विरामीलाई अस्पताल लान र अस्पतालबाट घर फर्काउन यातायातको ठूलो समस्या देखिएकोले त्यसैलाई ध्यानमा राखी यो थप एम्बुलेन्स सेवा व्यवस्था गरेको बताए । हाल निश्चित अवधिका लागि यो सेवा व्यवस्था गरेको भए पनि भविष्यमा आवश्यक परे यसलाई अझ बढाउन सकिने पनि शाक्यले बताए ।

यसमा सबै खाले विरामीले सेवा पाउने भए पनि हृदयाघात, मृगौला र अन्य आकस्मिक सेवा आवश्यक पर्ने विरामीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने पनि मेयर शाक्यले बताए ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता