वडा ५या अध्यक्ष रमेश डंगोल लिसें ३९ म्हेसिया रिपोर्ट नेगेटिभ

वडा ५या अध्यक्ष रमेश डंगोल लिसें ३९ म्हेसिया रिपोर्ट नेगेटिभ

मेट्रो संवाददाता

३ वैशाख २०७७ २२:५७

सनसिटीका कोरोना संक्रमितको सम्पर्कमा पुगेका महानगरका ३९ जनाकै र्यापपिड टेस्ट रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेका ५ नं. वडाका जनप्रतिनिधिहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।

सनसिटी अर्पाटमेन्टमा बस्ने संक्रमित बेलायतबाट नेपाल फर्किएपछि गत चैत ९ गते वडा कार्यालयमा गएका थिए । छोरीको जन्मदर्ता गर्न आएका उनीहरूले वडाध्यक्षसंग चियासमेत खाएका थिए ।

‘उनिहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएका थिए ।’ कामपा वडा नं. ५ का अध्यक्ष रमेश डगोलले भने, ‘चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आएका थिए । उनिहरुको काम सकेपछि चिया खाएर गए । ’

उनिहरुमा कोरोना पोजेटिभ देखिएपछि जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्याापिड टेस्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको ५ नं. वडाध्यक्ष डंगोलले बताए ।

काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले ३९ जनाको र्यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ । आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी सिलवालले दिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज र्यापिड टेस्ट गरेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

उता सनसिटीमा र्या पिड टेस्टमा पोजेटिभ रिपोर्ट आएका महिलालाई दोश्रो पटकको पिसिआर टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको समाचार छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता