मेट्रो संवाददाता
११ वैशाख २०७७ २१:३२
पचासौं पृथ्वी दिवसको उपलक्ष्यमा गैर सरकारी संस्था गुथिद्वारा वेभिनार मार्फत प्रत्यक्ष अनलाईन कौसी खेती तालिम सम्पन्न भयो ।
अनलाईन कौसी खेती तालिमबाट सहभागिहरुले कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा प्रशिक्षण कौशी खेती विज्ञ शेष नारायण महर्जनले बैशाख १० गते अनलाइनमार्फत दिनएका थिए । उक्त तालिममा ८१५२ सहभागिले जुम र फेसबुक लाइभमार्फत सहभागिता जनाएका थिए ।

कार्यक्रमका अतिथि वक्ता पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले सर्वप्रथम कोभिड–१९ को प्रकोप पश्चात हरेक नेपालीले खाद्य उत्पादनमा लाग्नुपर्ने आवश्यक्ता टट्कारोरुपमा महसुस भएको औल्याए ।
कोभिड–१९ का कारण रेमिटेन्सको कमि हुने र खाद्यान्न आपुर्तिमा पनि समस्या देखिने जिकिर गर्दै शाहले भने, ‘सहरी क्षेत्रमा कौशी खेती मात्र होइन हाइड्रो फोनिक्स र मल्टी स्टोरी फामिङ्गको विकास भइरहँदा यो तालिम निकै उपयोगी भएको छ । हरेक नागरिकले कौसी खेती गरे यसको वहु आयामिक प्रभाव हुन्छ । जसले हाम्रो कार्बन फुटप्रिन्ट कम गराउँछ र घर घरको फोहोर व्यवस्थापन हुन्छ ।’
प्रतिनिधि सभाका सदस्य माननीय जिबन राम श्रेष्ठले कोभिड–१९ का कारण हामीले हाम्रो कार्यशैलीमा परिवर्तन ल्याउन आवश्यक्ता रहेको बताए ।
‘जलवायु परिवर्तनका कारण हामीले विभिन्न समस्या भोग्दै आईरहेका छौ ।’ श्रेष्ठले भने, ‘आजको दिनमा पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा ध्यान दिन जरुरी छ ।’
प्रविधिको प्रयोग गरी अनलाइन कौसी खेती प्रशिक्षण सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा सहरी क्षेत्रमा कौसी खेतीलाई प्रोत्साहन गर्न आवश्यक निती तथा कार्यक्रमका लागि सरकारलाई सुझाव र मार्ग निर्देशन गर्ने श्रेष्ठले बताए ।
गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कौसी खेतीद्वारा तरकारी आपूर्तिको कमीलाई सहज गर्नु र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी त्यसलाई तरकारी उत्पादनमा प्रयोग गराउन प्रोत्साहित गर्नु जरुरी भएको बताए ।
‘सहरी कौशी खेतीले हरीयालीलाई बढाउन र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ ।’, अमात्यले थपे, ‘आगामी दिनमा गुथिले कम्पोष्ट मल बनाउने, ई.एम. बनाउने, बाली चक्र आदिको विषयमा थप अनलाईन तालिम प्रदान गर्ने छ ।’
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


