मेट्रो संवाददाता
११ वैशाख २०७७ २२:०६
उपत्यकाका चार नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन स्थापना
काठमाडौं वडा नंं १५ भुईखेलमा हाल काठमाडौं महानगरपालिकाले असहाय, विपन्न र दैनिक ज्याला मजदुरी गरि खानेका लागि खाना खुवाउने व्यवस्था गरेको स्थान भुइखेल चौरमा निसंक्रमण द्वार तथा स्पर्शरहित हात धुने स्टेशनको शुभारम्भ भएको छ ।
कामपा १५ वडाको लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्मित शरीर निसङ्क्रमण द्वार तथा वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा स्पर्श रहित हात धुने स्टेशनको बैशाख ११ गते काठमाडांै महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यबाट शुभारम्भ भयो ।
सावुनपानिले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय प्रमाणित भएको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको गुथिले जनाएको छ ।
यस सेनिटाइजर टनेलमा इफेक्टिभ माइक्रो अरग्यानिजम अर्थात इ.एम.को झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ ।
इ.एम. विभिन्न उपयोगि सुक्ष्म जिवाणुको मिश्रण भएको झोल हो जसले हानीकारक सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्छ । अन्य किटाणु नासक रसायनले जस्तो इ.एम.को नकारात्मक असर मानब स्वास्थ्यमा हुँदैन ।
इ।एम। रिसर्च अर्गनाइजेशन जापानका प्रोफेसर हिगाले किटाणु नासक रसायनको सट्टामा इ।एम। प्रयोग गर्दा राम्रो हुने कुरा बताएका छन् । पहिलेको अनुसन्धानले पनि इ।एम। ले इन्फ्लुएन्जा हरपिज तथा विभिन्न अरु भाइरसका विरुद्व इ।एम एक प्रभावकारी प्रकृतिक किटनासक भएको पुष्टि गरेको छ । उज्घ।छ भन्दा कमको अम्लिए इ।एम। झोलले भाइरसलाई एकै क्षणमा निष्क्रिय पार्छ र हानीकारक जिवाणु उत्पन्न हुन बाट रोक्छ । यो झोल कोरियाको वुसान शहरमा पनि कोभिड–१९ विरुद्व निसङ्क्रमणको रुपमा प्रयोग भइसकेको छ । यसले मानव र वातावरणमा पनि नकारात्मक असर नहुने र यसले झन उपयोगी जिवाणुलाई बढ्न मद्दत गरेर वातावरण स्वच्छ र स्वास्थ्य राख्न सहयोग गर्दछ ।
हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिनसम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको छ ।
यस संयन्त्रलाई खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ । यो स्पर्श रहित हात धुने प्रविधि वाटर एड नेपालद्वारा निर्माण गरिएको हो ।
काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरु संगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले उपत्यकाका चार वटै नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन राख्ने कार्यको वडा नं. १५ भुँइखेलबाट सुरुवात भएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


