मेट्रो संवाददाता
१६ जेठ २०७७ १६:०३
जेठ १५, काठमाडौं ।
गैर सरकारी संस्था गुथि र एरोशान नेपालको पहलमा काठमाडौं महानगरपालिर्का सफाई मजदुर ३०० जनालाई महिनावारी स्वच्बछता सामाग्री वितरण गरियो ।
काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको फोहोर व्यवस्थापन केन्द्रमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने सफाई मजदुर तथा महिला पत्रकारहरुलाई पनि महिनावारी स्वच्छता सामाग्री उपलब्ध गराइएको थियो ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्नेक्रममा काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले महिनवारी आफैमा महिलाहरुको एक मात्र पहिचान भएको, पुरुषहरुले चाहेर पनि सन्तान जन्माउन सक्दैनन् तसर्थ महिनावारी हुनुमा गर्व गर्नुपर्ने बताए ।
‘महिनावारीलाई लुकाएर होइन खुलेर कुरा गरौ र महिलाहरुको प्रजनन स्वास्थ्यसँग सरोकार राख्ने भएको हुँदा महिनावारी लाई उचित व्यवस्थापन र सरसफाईमा ध्यान दिनुपर्छ ।’ उपमेयर श्रेष्ठले भने, ‘ सफाइमा काम गर्ने कसैले पनि आफूले तल्लो तहको काम गरेको भनेर हेलित भएको महसुस नगर्नु । यो ठूलो काम हो । यससँग सम्बन्धित काम गर्दा आफ्नै पूर्खाले सिकाएका, आफ्नै समाज वरिपरि उत्पादन भएका स्वदेशी उत्पादन प्रयोग गरौं ।’
महिनावारीमा चाहिने सेनेटरी प्याड अत्यावश्यक बस्तुको सुचीमा सरकारले नराखेका कारण यसको उत्पादन, ढुवानी र वितरण रोकिएको र यसले बजारमा प्याडको उपलब्धतामा समस्या ल्याएको एरोशानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यको भनाई थियो ।
सरसफाईकर्मीहरुको समुह संयुक्त सरसफाई जागरणकी प्रतिनिधि र सरसफाईकर्मी माया तामाङ्गका अनुसार हाल लकडाउनका समयमा सरसफाई मजदुर महिलाहरुले महिनावारीका समय धेरै दुख खेप्नु परिरहेको छ ।
तामाङ्गले भने, ‘सरसफाईको काम गर्दा महिनावारीको समयमा पटक पटक प्याड फेर्नुपर्छ तर यसका लागि काम गर्ने ठाँउमा शौचालय छैनन् ।’
त्यस क्रममा फोहोरमैला व्यवस्थापन संघका पूर्व अध्यक्ष बासु उप्रेती र हेल्थ एण्ड हाइजिन कम्पनीका बजार व्यवस्थापक उत्सव उदासले सफाइकर्मीले आधारभूत स्वास्थ्य जाँचमा लापर्वाह नगर्न आग्रह गरे ।
महिनावारी व्यवस्थापनका लागि चाहिने सामाग्री जस्तै प्याड महिनाहरुको लागि अत्यावश्यक सामग्री हुन् । युनिसेफको रिपोर्टका अनुसार पनि कोभिड लकडाउनले महिनावारीमा पनि अप्रत्यक्ष प्रभाव पार्नेछ र यसले गरिब र सीमान्तकृत समुदायमा धेरै असर पार्नेछ । यसै कारण सरसफाईकर्मीको नाजुक अवस्थालाई ध्यानमा राख्दै यो महिनावारी स्वच्छता सामाग्री वितरण गरिएको हो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


