चिकित्सक संघलाई काठमाडौं महानगरबाट १ हजार थान ज्याकेट सहयोग

चिकित्सक संघलाई काठमाडौं महानगरबाट १ हजार थान ज्याकेट सहयोग

मेट्रो संवाददाता

१७ जेठ २०७७ ११:१६

काठमाडौँ, १७ जेठ ।
काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट चिकित्सकहरुलाई सहयोग गरेको छ ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भरपर्दो सुरक्षा सामाग्री नहुँदा पनी ज्यान जोखिममा राख्दै संक्रमितको उपचारमा निरन्तर खटिरहेका चिकित्सकहरुलाई ज्याकेट सहयोग हस्तान्तरण गरे ।

शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गरेका छन् ।

राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोभिड–१९ जस्तो अदृष्य शत्रुसँगको लडाईंमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

‘दिनप्रतिदिन संक्रमितको संख्यामा बृद्धि भैरहेको छ । यो क्रम कहिलेसम्म निरन्तर रहन्छ भन्ने कुनै निश्चित छैन ।’ प्रमुख शाक्यले भने, ‘यस्तो बेलामा अग्रमोर्चामा खटिएका चिकित्सकहरुलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।

‘तपाईंहरुको ज्ञान–सीपको उच्चतम सदुपयोग गर्ने बेला हो, यो । आगामी दिनमा थप सहकार्य र समन्वय गरेर अघि बढ्न महानगर तयार छ ।’, प्रमुख शाक्यले भने।

चालिस लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने शाक्यले बताए ।

प्रमुख शाक्यले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकहरुको भूमिका महत्वपूर्ण हुने प्रत्याउँदै अहिले कोरोना संक्रमित भनेपछि नागरिकहरु आतंकित हुने बताए ।

शाक्यले अहिले भारतबाट नेपाली नागरिकहरु नेपाल आउने क्रम बढीरहेको र केही समयपछि खाडी, मलेसियालगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरुको भूमिका अझ सशक्त हुनु पर्नेमा जोड दिए ।

‘एकै पटकमा धेरै नेपालीलाई ल्याउँदा उनीहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टायनमा राख्नु पर्ने हुन्छ,’ शाक्यले भने, ‘त्यस्तो बेलामा कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईंको अग्रमोर्चामा खटिने चिकित्सकहरुलाई आवश्यक सामग्रीको थप जरुरत पर्छ । त्यो बेलामा पनि हाम्रो तर्फबाट सक्ने सहयोग रहने नै छ ।’

महानगर प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्दर्भमा पनि जनचेतनाको आवश्यकता रहेको बताए ।

नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताए ।
‘तपाईं बाहिर जानु भएन भने कोरोना भित्र आउँदैन,’ कोइरालाले भने, ‘ लापरवाही गरियो भने कोरोनासँगको युद्धमा पराजित भइन्छ ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले महानगरको सहयोगले आफूहरु उत्साहित भएको बताए । ‘अहिले पनि कार्यक्षेत्रमै चिकित्सकहरुले कुटाइ खानु परेको, मनोवल कमजोर पार्ने खालका गतिविधिको सामना गर्नु परेको अवस्था छ,’ उनले भने, ‘यो सहयोगले केही हदसम्म भए पनि कार्य क्षेत्रमा खटेका चिकित्सकहरुको मनोबल बढ्ने अपेक्षा गरेका छौं ।’

क्षेत्रपाति निःशुल्क चिकित्सालका प्रमुख डा। मनोजमान श्रेष्ठ को संयोजनमा ज्याकेट सहयोग हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाल लगायतको पनि सहभागीता रहेको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता