मेट्रो संवाददाता
१९ जेठ २०७७ २०:२४
कोरोना भाइरस (कोभिड–१९) ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित पारिरहेको छ । हाल कोरोना भाइरसको संक्रमणबाट बच्न देशैभरी लकडाउन जारी नै छ ।
कोरोनाको डरमा दैनिक उपभोग्य वस्तुको खरीद गर्न बजार जानु पर्ने बाध्यता छँदैछ । त्यसमाथि विक्रेता कहाँ हुने अस्वभाविक भीडको चिन्ताले पनि सताईरहेको छ ।
यस्तै, औषधी थोक विक्रेताको हब बन्दै गइरहेको काठमाडौंको टेंगलदेखि छत्रपाटीसम्मको इखापाेखरी सडकखण्डमा दैनिक भीडभाड भइरहन्छ ।
जम्मा २०० मिटर लम्बाइको यो बाटोमा २ सयभन्दा धेरै औषधिका थोकपसलहरु छन् । लकडाउनको बेला औषधि पसलहरू खोल्न पाइने सरकारको नियम छ । अरू पसलभन्दा अलिधेरै समय खोल्न पाइने भएतापनि यो क्षेत्रमा भीडभाड अलि धेरै नै हुने गरेके पाइन्छ ।
समाजिक दुरी कायम गरी विक्री वितरण तथा किनमेल गर्नुपर्नेमा यहाँ यस्तो भएको देखिन्न । स्वतःस्फूर्त रुपमा सामाजिक दुरीमा बस्न हिचकिचाउनेहरुसँग यतिबेला जोगिन मुश्किल भएको छ ।
औषधिको केन्द्र (HUB) बनेको स्थान इखापोखरी (टेंगलदेखि छत्रपाटीसम्म)मा भीडभाड कम गर्न कामपा १७ र १८ वडाका अध्यक्षद्वय नविन मानन्धर र न्हुछेकाजि महर्जनको उपस्थितिमा नेपाल औषधि व्यवसायिक संघको आयोजनामा भएको भेलाले केहि निर्णयहरु बुँदागत पनि गरिएको थियो ।
- औषधिपसलहरु सबै थोक विक्रेता भएको हुँदा थोक विक्रीमात्र गर्ने
- सबै औषधि पसलहरु दिनको ११ बजेदेखि ३ बजेसम्म खोल्न र शनिबार बन्द गर्ने
- औषधि क्रेतहरुले ल्याउने सवारी साधन छुट्टै स्थान वा एकतर्फि मात्र पार्किङ गर्ने
- जथाभावी तवरमा समानहरु बाहिर ननिकाल्ने
- भीडभाडबाट बच्न र बचाउन अनलाइन मार्फत सामान अर्डर गर्ने
- उपरोक्त बुँदाहरु पालना गर्न गराउन एक निरिक्षण तथा अनुगमन टोली गठन गर्ने र आवश्यक परे सो सम्बन्धी कार्य छलफल गरी अगाडि बढाउने
अतिआवश्यक सूचिमा परेको औषधी व्यवसायी पसलमा यस्तो भीडले गर्दा यहाँका बासिन्दा त्रसित भएका छन् । कुनै एक कोरोना संक्रमितबाट यहाँ औषधी लिन आएको खण्डमा यो पुरै बस्ती नै खतराको सूचीमा पर्नेछ ।
कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म ८ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख १३ हजार ७ सय ५७ जना क्वारेन्टिन, १ हजार ५ सय ६९ जना आइसोलेसनमा छन् भने १ हजार ५ सय ७२ संक्रमित मध्ये २ सय २१ जना निको भएर घर फर्किसकेका छन् ।
हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनपानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...







