नेवाः संस्कार विषयमा वेभिनार

नेवाः संस्कार विषयमा वेभिनार

मेट्रो संवाददाता

२१ जेठ २०७७ ८:०३


नेवाः देय् दबूको आयोजनामा नेवाः संस्कार विषयक वेभिनार सम्पन्न भएको छ ।

नेवाः संस्कार र संस्कृतिमा आएको विकृतिले गर्दा नेवाः सभ्यता संकटमा परिरहेको छ ।

यहिकुरालाई मध्यनजर राखी जेठ २० गते मंगलबार दिनको ३ बजे वेभिनार सुरु गरिएको थियो ।

नेवाःहरुको संस्कारलाई बचाउन सकेन भने यसले नेवाः अस्तित्वलाई समेत अन्त पार्नेछ ।

नेवाः समुदायको संस्कारको जागरुकता बढाउन यसको बारेमा गहिरो अध्ययन र बुझ्न पर्नेभएको यो वेभिनार सुरु गरेको आयोजकले बताए ।

यस वेभिनारमा व्याकरणाचार्य गजानन्द राजोपाध्यायबाट अनलाइन भर्चुअल सम्वाद गरे ।

राजोपाध्ययले नेवाःहरुले अपनाइरहेको दशकर्म संस्कारको बारेमा विशेष जोड दिएर प्रष्ट पारे ।

वेभिनारमा भागलिने महानुभावहरुको विभिन्न जिज्ञासा तथा प्रश्नको उत्तर पनि उनले दिएका थिए ।

विभिन्न जिल्लाबाट उत्साहजनकरुपमा भाग लिएकाहरुलाई दशकर्म संस्कारको बारेमा बुझाउनुको साथै यसलाई दरिलो तवरले अघि बढाइ राख्न देय् दबूबाट पहल हुनुपर्ने बताए ।

नेवाः देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकारको सभापतित्वमा दबूका महासचिव माइला बाबु द्यःलाबाट सुरु भएको यस वेभिनारमा करीव पचास जनाभन्दा बढीले भाग लिएको थियो ।

यस विषयमा थप सम्वाद कार्यक्रम जेठ २१ गते बुधवाः दिनको ३ बजे हुने आयोजक दबूबाट जानकारी प्राप्त भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता