कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन सम्बन्धित निकायसँग छलफ

कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन सम्बन्धित निकायसँग छलफ

मेट्रो संवाददाता

२७ जेठ २०७७ १७:३६

२६ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा र १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोलको अध्यक्षतामा कामपा १५ वडामा लकडाउनबाट लुजडाउन हुने अवस्थामा कोभिड १९ को संम्भाबित संक्रमणलाई ध्यानमा राखी रोगबाट सुरक्षित राख्न सुरक्षा सम्बन्धि विभिन्न निकायकाहरुसंग बैठक बसेको छ ।

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले कोभिड १९ बाट बचाउन र नियन्त्रण गर्न कामपा १५ वडाले विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्यहरु गरेकोमा लाग्ने सम्पुर्ण सहयोगी, दाता, वडा सदस्यहरु, वडा अध्यक्षलाई धन्यवाद ज्ञापन गरे।

लुजडाउन बाट उत्पन्न हुन सक्ने कोरोना भाइरसको सम्भावित संक्रमणको अवस्थाबाट जनतालाई सुरक्षित राख्न र सम्भावित सामाजिक समस्या लाई समेत ध्यान दिई वडालाई सुरक्षित राख्न सुरक्षा निकाय र वडा थप सक्रिय भएर लाग्न आबस्यक भएको बारे ध्यानाकर्षण गरेका छन् ।

कामपा-१५ अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोलले कोभिड १९ को संक्रमणबाट बचाउन वडाले गरेका कामहरूको चर्चा गर्दै क्वारेन्टाइन ब्यवस्थापनमा केन्द्रिय सरकारबाट सहयोग नभए सम्म चुनौती पुर्ण रहेको हुदा र क्वारेन्टाइन व्यवस्थापन गर्न आवश्यक पर्ने कार्यमा सहजीकरण गर्न महानगर पालिकाबाट सरकारसँग अनुरोध गरेको बताए ।

हाल चोरीको घटना बढ्न थालेको र यस्तो घट्ना बढ्ने सम्भावना देखिन्छ । यस्को नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने र सुरक्षा निकाय सतर्क भइ लाग्नु पर्ने बताए ।

उक्त बैठकमा वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति कर्णेल राजेश विक्रम शाही, नेपाल प्रहरी महानगरीय प्रहरी बृत्त स्वयम्भुका नायब उपरीक्षक निरञ्जन दत्त भट्ट र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सुमनजङ्ग थापा उपस्थिति रहेको थियो र बैठक संचालन समुदाय प्रहरी साझेदारी कामपा १५ वडा सदस्य राजा शाक्यले गरेका थिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता