फुटपाथ पसल हटाउन सुरु

फुटपाथ पसल हटाउन सुरु

मेट्रो संवाददाता

२८ जेठ २०७७ १४:२४

२८ जेठ, काठमाडौं । सडकपेटीमा अनाधिकृत रुपमा पसल राखेकाहरूको सामान जफत गरिएको छ ।

आज विहानदेखि जागरुक युवा समूहले असनदेखि परोपकार पुलसम्म अनाधिकृत रुपम सडकपेटीमा राखेको पसल हटाउन सुरु गरको छ ।


कोभिड १९ को संक्रमणबाट बच्न सरकारबाट अतिआवश्यक पसलहरु बाहेक अन्य पसल बन्द गराई रहेको अवस्थामा फुटपाथ पसलको बिगबिगी भएकोले यस्तो पसल हटाउन सुरु गरिएको हो । हुलमुल हुने गरी सडकपेटीमा अनाधिकृत तवरले पसल राख्ने गरेकोले कोरोनाको संक्रमणको खतरा बढेको भन्दै स्थानीय युवाहरु जागरुक भएर अनाधिकृत सडकपेटीका पसलहरु हटाउने कार्य भएको हो । यसको लागि दुइदिनअघि मात्र स्टार क्लबका अध्यक्ष चन्द्रकुमार महर्जनको संयोजकत्वमा जागरुक युवा समूह नामक समूह गठन गरेको थियो ।

यो समूहबाट दैनिक बैठक बसेर फुटपाथ पसल हटाउने अभियान अघि बढाइ रहेको छ । यसैक्रममा दुई दिनसम्म फुटपाथ पसल राख्ने क्षेत्रमा गई पसल नराख्न अनुरोध गरेका थिए ।
आजदेखि अटेरी भएर सडकपेटीमा अनाधिकृत तवरले राखेका पसललाई हटाउन सुरु भएको छ ।

आज विहान ६ बजे असनमा जम्मा भएर फुटपाथ पसल हटाउने अभियान नै सुरु गरेको हो । यो अभियानमा स्थानीय संघसंस्था, जनप्रतिनिधि, नगर प्रहरी, प्रहरी, स्थानीयवासीहरुको सहयोगले अटेरी गरी फुटपाथमा राखेको पसललाई महानगरीय प्रहरीले नियन्त्रणमा लिएको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता