खुकुलो भएको लकडाउन : के-के खुल्छ, के-के खुल्दैन ?

खुकुलो भएको लकडाउन : के-के खुल्छ, के-के खुल्दैन ?

मेट्रो संवाददाता

२९ जेठ २०७७ १३:४१

२९ जेठ, काठमाडौं । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो ।

सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो पार्ने योजना अन्तर्गत उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

सरकारले यसअघि नै करिब ४ दर्जन प्रकारका उद्योग कारखाना सुरक्षा विधि अनपाएर सञ्चालन गर्न सकिने निर्णय गरिसकेको थियो । तर आन्तरिक आवागमनमा समस्या भएकाले त्यस्ता उद्योग पनि राम्ररी चल्न सकेका थिएनन् ।

सञ्चालनमा आउने क्षेत्र

  • स्वास्थ्यसँग सम्बन्धित सबै सेवा ९निजी क्लिनिक समेत० ।
  • कृषि क्षेत्र स् उत्पादनदेखि वितरणसम्म ।
  • उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने ।
  • सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने ।
  • व्यक्तिको पैदल आवागमन खुला ।
  • साइकल र मोटरसाइकल ९मोटरसाइकलमा १ जना० सवारी गर्न पाइने ।
  • उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।
  • फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने ।
  • बैंक तथा वित्तीय संस्था खुल्ला ।
  • नर्सरी र वनजन्य उद्यमहरु ।
  • विकास आयोजनाहरु ।
  • रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने ९टेक अवे सर्भिस० ।
  • क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने ।
  • सरकारी कार्यालयहरु सञ्चालन गरिने ।
  • शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने ।
  • गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने ।
  • सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा लागू हुने गरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने ।

सञ्चालन गर्न नपाइने क्षेत्रहरु स्

  • शैक्षिक संस्थाहरु ९यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु
  • अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु ।
  • तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत ।
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
  • सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
  • सिनेमा हल, पार्टी प्यालेस, डान्स बारलगायतका मनोरञ्जनस्थल ।
  • सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
  • स्पा, सैलुन र ब्यूटीपार्लर ।
  • स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु ।
  • सपिङ मलहरु ।
  • समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु ।
  • सबै प्रकारका धार्मिक तथा सामाजिकस्थलहरु ।
  • यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधन समेत ।
  • काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता